मङ्लबार, जेष्ठ १३, २०७७

एसएसबीद्वारा नेपाल प्रहरीका इन्सपेक्टर कुटिए, पत्रकारकाे क्यामेरा खाेसियो

एसएसबीद्वारा नेपाल प्रहरीका इन्सपेक्टर कुटिए, पत्रकारकाे क्यामेरा खाेसियो


  • KTM Khabar
  • शुक्रबार, जेष्ठ ९, २०७७

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भारतबाट नेपाल आउन खोजेका नेपाली नागरिकलाई दुर्व्यवहार गर्दै नेपाल प्रहरीका जवान र इन्सपेक्टरमाथि समेत हातपात गरेका छन् । साे घटनाकाे रिपोर्टिङ गर्ने क्रममा भारतीय एसएसबीले पत्रकारलाई पनि दुर्व्यवहार गरेको छ ।

दार्चुलाका पत्रकार किरण धामीका अनुसार रिपोर्टिङका लागि नेपाल-भारत सीमा क्षेत्र पुगेका सञ्चारकर्मीमाथि भारतीय सुरक्षाकर्मी एसएसबीले दुर्व्यवहार गर्नुका साथै क्यामेरा खाेसेका छन् । रिपाेर्टिङका लागि तिगरम गाउँपालिकामा रहेकाे झोलुङ्गे पुलमा पुगेका पत्रकार किरण धामीको क्यामेरा खाेसेकाे हाे । धामी न्युज २४ मा कार्यरत टिभी पत्रकार हुन् ।

दर्चुलाका प्रहरीका  अनुसार त्यहाँ नेपाल प्रहरीसमेत भारतीय सुरक्षकर्मीबाट कु’टिएका छन् । ‘त्यहाँ हाम्रो सुरक्षकर्मी पनि खटिएका छन्, हाम्रो इन्सपेक्टरलाई समेत कुटिएको छ,’ जाेशीले भने ।


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट