मङ्लबार, जेष्ठ १३, २०७७

भिएस कलेजद्धारा वडाको राहत कोषमा ५० हजार सहयोग

भिएस कलेजद्धारा वडाको राहत कोषमा ५० हजार सहयोग


  • KTM Khabar
  • सोमवार, बैशाख २९, २०७७

काठमाडौँ ।
चाबहिलमा रहेको विनायक सिद्ध (भिएस) कलेजले काठमाडौँ महानगरपालिका (कामनपा) वडा नम्वर ७ ले विपद् व्यबस्थापनका लागि स्थापना गरेको सामाजिक राहत कोषमा ५० हजार सहयोग गरेको छ ।
आइतबार वडा कार्यालयमा पुगि भिएसका संयोजक तिर्थमणी दाहाल तथा टिमले कामनपाका मेयर विद्या सुन्दर शाक्य र वडाअध्यक्ष शुद्ध कुमार डंगोललाई सहयोग रकम हस्तान्तरण गरेको थियो ।
विश्व कोरोना महामारीले विश्व नै आतंकित बनाईरहेको यो जोखिमपूर्ण स्थितिमा सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्छ भन्ने उद्देश्य अनुरुप वडाको राहत कोषमा सहयोग गरिएको प्रिन्सिपल रामकृष्ण सिम्खडाले बताए ।


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट