मङ्लबार, जेष्ठ १३, २०७७

बूढानीलकण्ठ नेवा पुचःले गर्यो नमोबुद्ध सुधार केन्द्रलाई खाद्यान्न सहयोग

बूढानीलकण्ठ नेवा पुचःले गर्यो नमोबुद्ध सुधार केन्द्रलाई खाद्यान्न सहयोग


  • KTM Khabar
  • बुधबार, बैशाख २४, २०७७

काठमाडौँ ।
प्रस्तावित बूढानीलकण्ठ नेवा पुचः ले बैशाख २३ गते तार्केश्वर नगरपालिका वडा नम्वर १ मा रहेको नमोबुद्द सुधार केन्द्रलाइ खाद्यान्न सहयोग गरेको छ ।

बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ३ का वडाअध्यक्ष बालकृष्ण श्रेष्ठ, नेवा पुचः का अध्यक्ष श्रीकृष्ण श्रेष्ठ (आयन), नेवा पुचः का उपाध्यक्ष विकास श्रेष्ठ सहितको टिमले सुधार केन्द्रमा पुगेर १५ दिनलाई पुग्ने खाद्यान्न सहयोग गरेका हुन् ।

वर्तमान परिस्थितिले सुधार केन्द्रहरु पनि संकटमा परेका छ्न । लकडाउनको कारण महिनौ देखि सुधार केन्द्रमा राखिएका युवाहरुको अभिभावहरु भेट्न आउन नपाउनु ,शुल्क बुझाउन नपाउनुले निकै नै समस्या भैरहेको र सामान्य उपचार शुल्क मात्र लिएर सामाजिक कार्यमा तत्पर सुधार केन्द्रहरु त अझै मारम परिरहेको नमो बुद्ध सुधार केन्द्रका संचालक सोशिन पुनले बताए ।

उनले सुधारकेन्द्रको समस्यालाइ सम्बोधन गरि सहयोग गरिदिनु भएकोमा बुढानिलकण्ठ नेवा पुचः लाई धन्यवाद व्यक्त गरेका थिए । सुधारकेन्द्रमा २० जना युवाहरुको उपचार भैरहेको बताए ।
सुधार गृह र नेवा पुचः विच वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ, समाजसेवी मजोज श्रेष्ठ र समाजसेवी दिपु बस्नेतले समन्वय गरेका हुन् ।


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट