मङ्लबार, जेष्ठ १३, २०७७

कम्युनिटी केयर नेपालको ‘रक्तदान कार्यक्रम’ सम्पन्न (फोटोफिचर)

कम्युनिटी केयर नेपालको ‘रक्तदान कार्यक्रम’ सम्पन्न (फोटोफिचर)


  • KTM Khabar
  • सोमवार, बैशाख २२, २०७७

काठमाडौँ ।
‘रक्तदान जीवनदान’ भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्दै कम्युनिटी केयर नेपालले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।


बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १३ चुनिखेल स्थित हार्मोनी किड्स स्कूलको प्रांगणमा बैशाख २० गते रक्तदान कार्यक्रम गरिएको हो ।


कोरोनो भाइरस (कोभिड–१९)को महामारीले विश्वलाई आक्रान्त बनाईरहेको अवस्थामा रगतको अभावमा कुनै पनि व्यक्तिको अकालमा ज्यान गुमाउनु नपरोस भनेर रक्तदान कार्यक्रम गरिएको कम्युनिटी केयर नेपालका अध्यक्ष बिजेन्द्र श्रेष्ठले बताए।


बिहान ९ बजेदेखि मध्यान्ह १२ बजेसम्म आयोजना भएको उक्त रक्तदान कार्यक्रममा ५६ जनाले रगत दान गरेको थियो ।
कार्यक्रममा संघिय सांसद गगन थापा, बागमती प्रदेशसभा सदस्य एवम् लेखा समिति सभापती न्हुक्षे नारायण श्रेष्ठ, नेपाली काँग्रेस क्षेत्र न. ४ (ख) का संयोजक बिनोद चालिसे लगायतको उपस्थिति रहेको थियो ।

 


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट