मङ्लबार, जेष्ठ १३, २०७७

देखिदैनन् कोही (गजल)

देखिदैनन् कोही (गजल)


  • विनोद चालिसे
  • बुधबार, बैशाख १७, २०७७

देखिदैनन् कोही,जान्नेसुन्नेहरू कता हराए ।
भेटिदैनन् कतै, ठुला ठान्नेहरू कता हराए ।

सफरमा छु आज , पुग्नुपर्ने गन्तव्य
कुरा काट्नेहरू, खुट्टा तान्नेहरू कता हराए।

चुलेनिम्तो मेरो तर्फबाट, ती सबैलाई
सिसाको महलमा, ढुङ्गा हन्नेहरू कता हराए।

जताततै मानवता माथि पहिरो जाँदा
मानवता नै धर्म हो ठान्नेहरू कता हराए ।

प्रकरणका पहाड उठ्यो, उजुरीका जुलुस फुट्यो
पजिरोमा चढ्दै, देश धान्नेहरू कता हराए।

(लेखक: विनोद चालिसे नेपाली काँग्रेस  काठमाडौँ क्षेत्र  नम्वर ४ का सचिव एवं प्रदेश (ख) का सभापती हुन् ।)


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट