मङ्लबार, जेष्ठ १३, २०७७

मञ्जरीको अन्तिम परिक्षाफल फोन मार्फत जानकारी

मञ्जरीको अन्तिम परिक्षाफल फोन मार्फत जानकारी


  • KTM Khabar
  • शुक्रबार, बैशाख १२, २०७७

१२ बैशाख, काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ७, स्पेसल चोकमा रहेको मञ्जरी सेकेण्डरी स्कूलले शैक्षिक सत्र २०७६ को परिक्षाफल सार्वजनिक गरेको छ ।

कक्षा १ देखि ९ सम्मको अन्तिम परिक्षाफल बैशाख ११ गते सार्वजनिक गरेको हो ।

परिक्षाफल फोन तथा अनलाईको माध्ययमबाट सार्वजनिक गरिएको स्कूलका संस्थापक प्रिन्सिपल टिका गौतमले जानकारी दिनु भयो ।

कारोनो भाइरस (कोभिड–१९) बाट विद्यार्थीहरुको पठन-पाठनमा परेको असर तथा अन्यौलतालाई मध्ययनजर गर्दै विद्यार्थीको पढाईलाई कायम गर्नका लागि मञ्जरीले एसईई तयारीमा रहेका विद्यार्थीहरुलाई भिडियो कन्फ्रेन्स गर्दै आएको छ । सोही अनुरुप बैशाख ११ गते कक्षा ९ सम्मको परिक्षाफल सार्वजनिक गरिएको प्रिन्सिपल गौतमले बताउनु भयो ।


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट