मङ्लबार, जेष्ठ १३, २०७७

नौलीन माविका अभिभाकलाई राहत बितरण

नौलीन माविका अभिभाकलाई राहत बितरण


  • KTM Khabar
  • शुक्रबार, बैशाख १२, २०७७

काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १३, चुनिखेलमा रहेको नौलीन माध्यमिका विद्यालयमा अध्ययनरत विद्यार्थी तथा अभिभावकहरुलाई राहत वितरण गरिएको छ ।
आज स्कूलको प्रांगण चुनिखेलमा विभिन्न दाताहरुको सहयोगमा १५० विद्यार्थी तथा अभिभावकहरुलाई राहत वितरण गरिएको हो ।


विद्यालयका भुतपुर्व बिद्यार्थी एवं स्थानीय समाजसेवी राज कुमार श्रेष्ठ, तिर्थ लाल श्रेष्ठ, हरिदास श्रेष्ठ, बाबु लाल श्रेष्ठ, प्रदिप श्रेष्ठ, श्रीकृृष्ण श्रेष्ठ, भाई नारायण श्रेष्ठ तथा लक्ष्मण श्रेष्ठको सयुक्त सहयोग गरिएको उक्त राहतमा एक व्यक्तिलाई एक बोरा चामल, एक प्याकेट नुन तथा अन्य खाद्य सामाग्री प्रदान गरिएको जनाइएको छ ।


राहत वितरण कार्यक्रममा वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठ, वि.व्य.स. अध्यक्ष जुजु भाई श्रेष्ठ, शिक्षक तथा दाताहरुको उपस्थिती रहेको थियो ।
विगत सात बर्षदेखि बिद्यालयको विविध क्षेत्रमा निरन्तर सहयोग गर्दै आएका उक्त दाताहरुबाट बिश्वमा माहामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) ले देश लक डाउन रहँदा अति बिपन्न परिवारलाई परेको असरलाई मध्यनजर गर्दै राहत प्रदान गरिएको विद्यालयका प्राचार्य बिष्णु काजी श्रेष्ठले बताउनु भयो ।
सहयोग गर्ने व्यक्तिहरुलाई धन्यवाद दिँदै विद्यालयले उच्च मुल्याङकन गर्ने विद्यालय व्यबस्थापन समितिका अध्यक्ष जुजु भाई श्रेष्ठ बताउनु भयो ।


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट