मङ्लबार, जेष्ठ १३, २०७७

बैशाख १७ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्ने एन प्याब्सन काठमाडौँको निर्णय

बैशाख १७ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्ने एन प्याब्सन काठमाडौँको निर्णय


  • KTM Khabar
  • बिहिबार, बैशाख ११, २०७७

११ बैशाख, काठमाडौँ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) काठमाडौँले बैशाख १७ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

आज भएको नगर कमिटीका प्रमुखहरुसंगको छलफलबाट एन प्याब्सन काठमाडौँले अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

यस्तै उक्त छलफलबाट एन प्याब्सन काठमाडौँमा आवद्ध विद्यालयले बैशाख १४ गते नतिजा प्रकाशन गर्ने निर्णय गरिएको जनाइएको छ ।

कारोना भाइरस (कोभिड–१९) बाट पठपाठनमा परेको असर तथा अन्यौलतालाई मध्यनजर गर्दै विद्यार्थीको सिकाईमा क्रियाशिलता कायम गर्न कक्षा १० का विद्यार्थीहरुका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्न लागिएको अध्यक्ष खडग बहादुर बस्नेतले केटिएम खबरलाई जानकारी दिनुभयो ।

उक्त अनलाइन कक्षामा काठमाडौमा रहेका जुनसुकै विद्यालयबाट कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीहरु सहभागि हुन सक्ने व्यबस्था रहेको जनाइएको छ । जसको सम्पुर्ण ब्यबस्था एन प्याब्सन काठमाडौँले गर्नेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट