मङ्लबार, जेष्ठ १३, २०७७

दुइ शब्द अतितका (कविता)

दुइ शब्द अतितका (कविता)


  • शुभम प्र. श्रेष्ठ
  • बुधबार, चैत्र २६, २०७६

तिता तृष्णालाई समेत्दै छु
घाटइत ति मिथ्या न सम्झाउ
बिलिन हुँदै छु आफ्नो पश्चातापमा
माफीको काबिल नबनाउ ।

पछुताउन के सक्षम छु भनु
सायद दोषले शिखर छुनेछ
नगिराउ मलाई कोमल नयनबाट
लायक सम्झनु केबल भ्रम हुनेछ ।

विश्वासघाती निश्चल बृती भए जब
तृप्त चाहना द्रब्यपिसाच थिए तब
अनगिन्ती मर्मस्पर्शी शब्दहरु भए फिका
उस प्रान्त कुसँगत थिए मिठा ।

प्रफुल्ल छु किन हो सम्झनामा पनि
चन्चले तिम्रा मृगा नयन सम्झेर
कती प्रिय हाँसोका ती दिन पनि
सामिप्य आज भयो केवल रहर ।

खेद छैन तर आज मलाई
पृथक हुनु हामी रहेछ लेखिएको
भावी जीवन कती सुनौलो हेर
प्रगती तिम्रो जीत मेरो रहेछ रचिएको ।

-शुभम प्र. श्रेष्ठ

-website: www.shuvam.info.np

-Twitter: /szpradhan
-Instagram: r_zen1

 


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट