मङ्लबार, जेष्ठ १३, २०७७

घरमा नै बसेर आफूलाई कोरोना भए नभएको यसरी सजिलै थाहा पाउनुस् (तरिकासहित)

घरमा नै बसेर आफूलाई कोरोना भए नभएको यसरी सजिलै थाहा पाउनुस् (तरिकासहित)


  • KTM Khabar
  • सोमवार, चैत्र २४, २०७६

चीनको हुबेइ प्रान्तको वुहान सहरबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमण अहिले विश्वव्यापी रुपमा फैलिएको छ । अहिलेसम्म यस भाइरसको संक्रमणका कारण ६९ हजार ५ सय २४ जनाले ज्यानगुमाइ सकेका छन् भने १२ लाख ७६ हजार ५ सय ८९ जना संक्रमित भएका छन् । त्यस्तै अहिलेसम्मको तथ्यांक हेर्दा २ लाख ६५ हजार ९ सय ५१ जना पूर्ण रुपमा निको भएर घर फर्किसकेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाको संक्रमण विश्वका २ सय भन्दा बढी देशमा देखिइसकेको छ । विभिन्न देशले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि हर सम्भवको तौर तरिका अपनाएका छन् । नेपालमा पनि एउटा त्यस्तै तरिका अपनाइएको छ । कुनै पनि व्यक्तिलाई कोरोना भाइरसको शंका लागेमा घरमा नै बसेर एप्सको माध्यमबाट शंका मेटाउन सकिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरमै बसेर आफूलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भए नभएको जानकारी प्राप्त हुने गरि एप्लीकेसनको विकास गरेको हो ।

सामान्य रुघाखोकीका लक्षण देखिने वित्तिकै स्वास्थ्य संस्थामा जाँदा भीडभाडबाट तीव्र गतिमा फैलिने कोभिड संक्रमणको जोेखिम अझ धेरै बढ्ने भएकाले घरमै बसेर संक्रमण भए नभएको जानकारी दिने उद्देश्यले एप्लिकेशन तयार पारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवको भनाइ छ ।

कोरोना संक्रमणको शंका लागेमा उक्त एप्लिकेशनमा गई इन्ट्री गरेर स्वमूल्याङ्न गर्न सकिन्छ । सेवाग्राहीले उक्त एप्लिकेशनमा इन्ट्री गरेको लक्षणका आधारमा स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन केन्द्रले मूल्याकंन गरेर विभिन्न क्याटोगोरी मा राख्दछ । व्यक्तिले भरेको सूचनाका आधारमा एप्सले कोरोनाको लक्षणसँग मिल्छ कि मिल्दैन भनेर मुल्याङ्कन गर्दछ । यदी कोरोनाको शंका लागेमा रेड क्याटोगोरीमा राखेर तत्काल उपचार गराउनु पर्ने संकेत दिन्छ । यस एप्लिकेशनका माध्यमबाट कोरोना भाइरसको भयबाट बच्न सकिने श्रीवास्तवको भनाइ छ । एप्लिकेशनले सेवाग्राहीलाई स्वास्थ्य सम्बन्धी जानकारी दिनुका साथै मन्त्रालयले जारी गरेको सबै सूचना समेत दिन्छ ।

कोरोना सम्बन्धी जानकारी दुई तरिकाले लिन सकिने उनको भनाइ छ । त्यसका लागि वेब र एपको प्रयोग गर्न सकिन्छ । वेब मार्फत सेवा लिने हो भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइटको माथिल्लो मेनुमा अंग्रेजीमा (कोभिड–१९) रेस्पोन्स वेब पोर्टल’ लेखेको ठाउँमा क्लिक गर्नुपर्ने हुन्छ ।

त्यससँगै वेबको दायाँ साइडमा (कोरोना लक्षण मुल्यांकन) लेखेको ठाउँमा क्लिक गरी सोधिएका प्रश्नको उत्तर दिनुपर्ने हुन्छ । तपाईले दिएको उत्तर अनुसार मन्त्रालयले तपाईमा कोरोना संक्रमणको अवस्था के कस्तो छ भनेर जानकारी प्राप्त गर्दछ । यदी तपाईमा कोरोनाको लक्षण देखियो भने मन्त्रालयले उपचारको प्रबन्धसमेत गर्दछ ।

त्यस्तै एप्समार्फत पनि यो सेवा लिन सकिन्छ । मोबाइलफोनको प्ले स्टोरमा गएर हाम्रो स्वास्थ्य लेखेको नेपाल सरकारको आधिकारीक लोगो भएको एप डाउनलोड गर्नुपर्ने हुन्छ । डाउनलोड गरी सकेपछि एप्सले दिएको निर्देशन अनुसार अगाडि बढ्नु पर्दछ । एप्स मार्फत कोभिड–१९ सम्बन्धी लक्षणको मात्र मुल्याङ्कन हुने भएकाले शतप्रतिशत पत्ता लाग्दैन । शतप्रतिशत कोरोना संक्रमण भए नभएको पत्ता लगाउन स्वास्थ्य परीक्षण अनिवार्य गर्नु पर्दछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट