मङ्लबार, जेष्ठ १३, २०७७

अमेरिकन आईडलको उत्कृष्ट २० मा दिवेश पोखरेल

अमेरिकन आईडलको उत्कृष्ट २० मा दिवेश पोखरेल


  • KTM Khabar
  • सोमवार, चैत्र २४, २०७६

नेपालका दिवेश पोखरेल अमेरिकाको चर्चित गायन प्रतियोगिता अमेरिकन आईडलको उत्कृष्ट २० मा पर्न सफल भएका छन् । आइतबार प्रशारण भएको शृङखलाबाट उनले उत्कृष्ठ २० मा सुरक्षित स्थान बनाएका हुन्। बब मार्ली इज दिस लभ बोलको गीतले निर्णायक मण्डलहरुको मन जित्न सफल भएका थिए ।

हजारौं दर्शकको उपस्थितिमा उनले आफ्नो धमकादार प्रस्तुति दिएका थिए । प्रस्तुती हेर्न उनको परिवार पनि उपस्थित थियो । ‘अर्थर गन’को नामबाट परिचित पोखरेलले हरेक प्रस्तुतिमा जजबाट प्रशंसा तथा ‘स्ट्यान्डिङ अवेशन’ पाइरहेका छन् ।

टप २० छान्नको लागि निर्णायकलाई निकै सकस परेको थियो । तर, दिवेशलाई टप २० मा लग्न केही सोच्नु नपरेको बताएका छन् । पोखरेललाई छान्दै गर्दा निर्णायक मण्डलले भन्नुएको थियो, ‘तिमी उदाउँदो तारा हौ ।’
आफू टप २० मा परेकोमा दिवेश निकै खुसी भएको सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । आफ्नो सपनाहरु झन् नजिक हुँदै गएको उनले लेखेका छन् । आफूलाई उत्कृष्ट २० मा छानेकोमा निर्णायक मण्डल तथा आफ्ना फ्यानहरुलाई धन्यवाद दिए ।


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट