मङ्लबार, जेष्ठ १३, २०७७

स्टिभ स्मिथ प्रतिवन्धबाट मुक्त

स्टिभ स्मिथ प्रतिवन्धबाट मुक्त


  • KTM Khabar
  • आइतवार, चैत्र १६, २०७६

एजेन्सी । अष्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथको कप्तानी माथि लागेको २ बर्षे प्रतिवन्ध फुकुवा भएको छ । आईतबार उनी माथिको प्रतिवन्ध फुकुवा भएको हो । उनी अष्ट्रेलियाको राष्ट्रिय टिमका पूर्व कप्तान हुन् ।

यो सँगै दक्षिण अफ्रिका विरुद्धको टेष्ट क्रिकेटमा बल टेम्परिङ गरेका स्मिथ माथि लागेका सबै प्रकारका प्रतिवन्ध फुकुवा भएका छन् । बल टेम्परिङ घटना पछि अष्ट्रेलियाले स्मिथलाई तत्काल कप्तान बाट हटाउनुका साथै बर्ष दिन खेल्न नपाउनेगरि प्रतिवन्ध सुनाएको थियो ।

बर्षदिनको प्रतिवन्ध फुकुवा पछि स्मिथले अष्ट्रेलियाको टोलीमा कम्व्याक गरिसकेको भए पनि कप्तानी प्रतिवन्ध भने आज मात्र फुकुवा भएको हो ।

२०१८ को सुरुमा दक्षिण अफ्रिका बिरुद्धको टेष्ट क्रिकेटमा बल टेम्पिरिङको आरोपमा कप्तान स्मिथ सहित उपकप्तान डेभिड वार्नर र वलर क्यामरुन वेनक्राफ्टलाई प्रतिवन्ध लगाइएको थियो । प्रतिबन्ध फुकुवासँगै अब स्मिथले अन्तराष्ट्रिय तथा घरेलु क्रिकेटमा कप्तानी गर्न पाउने छन् ।

स्मिथको अभावमा अष्ट्रेलिया टिमको कप्तानी टेष्ट तर्फ टिम पेन र बाँकि खेलमा आरोन फिन्चले गरेका छन् ।


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट