मङ्लबार, जेष्ठ १३, २०७७

एभरग्रीनजबले ‘फिल्म कन्टेष्ट’ गर्ने

एभरग्रीनजबले ‘फिल्म कन्टेष्ट’ गर्ने


  • KTM Khabar
  • शनिबार, चैत्र १५, २०७६

काठमाडौँ ।
विगत ५ वर्षदेखि मानबसंसाधनको क्षेत्रमा काम गर्दै आइरहेको कम्पनी एभरग्रीनजबले क्वारेन्टाइन समयलाई सदुपयोग गर्ने उद्देश्यले ‘क्वारेन्टाइन १२० सेकेण्ड फिल्म कन्टेष्ट’ गर्ने भएको छ ।
घरमा बसीबसी उक्त फिल्म कन्टेष्टमा सहभागि हुन सकिने एभरग्रीनजबका अध्यक्ष इश्वर श्रेष्ठले बताए ।
यस्तो छ फिल्म कन्टेष्टको उद्देश्यहरु ?
१) आफु र अरुलाई खुशी बनाउदै मनोरन्जन गराउनु ।
२) कोरोनाबाट त्रसित दिमाग लाई अन्यत्र ध्यानाकर्षण गराउनु ।
३) सृजनात्मक ब्यक्तिहरुलाई प्रोत्साहन गराउनु ।
४) यो क्वारेन्टाइनको समयलाई राम्रोसँग सदुपयोग गराउन ।
५) यो अभियानमा ब्यस्त हुँदा त्रसित माहौलबाट टाढा गराउनु ।

लागु हुने शर्तहरु ?
१) यस अभियानमा भाग लिन कुनै पनि शुल्क लाग्ने छैन ।
२) सबै फिल्महरु एभरग्रीनजबद्वारा प्रायोजित रहनेछन ।
३) प्रत्यक फिल्म १२० सेकेण्ड भन्दा बढीमा १० सेकेण्ड माथीसम्मको मात्र हुनुपर्नेछ ।
४) फिल्महरु बनाउदा कुनै पनि भाषामा बनाउन सकिनेछ तर अन्य भाषामा यदी भिडियो बनाउनु भएमा नेपाली उपशिर्षक अनिबार्य रुपमा प्रयोग हुनुपर्नेछ ।
५) तपाइले बनाउनु भएको फिल्ममा रहेको हरेक फुटेज, संगित, शब्दहरु आदी सबै तपाइको आफ्नै हुनुपर्नेछ । यदी तपाइले कुनै पनि प्रतिलिपी अधिकार वा ट्रेडमार्क गरिएको सामाग्रीहरु समाबेश गर्नुभयो भने त्यसको जिम्मेबार तपाइ स्वोयमं रहनु पर्नेछ ।
६) भिडियो पठाउदा ९ अप्रिल २०२० भित्र [email protected] मार्फत इमेलमा पठाउनु पर्नेछ ।
७) पठाइएको उत्कृष्ट ११ भिडियोहरुलाई मात्र एभरग्रीनजबको फेसबुक पेजमा पोष्ट गरिनेछ ।

एभरग्रीनजब कम्पनिले रोजगार दाता र रोजगार कर्ता बिच पुलको काम गर्दछ । रोजगार दातालाई सही कर्मचारी कम्पनिमा चयन गर्न र रोजगार कर्तालाई सही कम्पनी र सही कार्यको पहिचान गरी रोजगार बनाउन सहयोग गर्ने गर्दछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट