मङ्लबार, चैत्र १८, २०७६

चीनले कोरोना सुरक्षा सामग्री सहयोग गर्ने

चीनले कोरोना सुरक्षा सामग्री सहयोग गर्ने


  • KTM Khabar
  • मङ्लबार, चैत्र ११, २०७६

चीनले मेडिकल सुरक्षा सामग्री, पर्सनल, प्रोटेक्टिभ ईक्विपमेन्ट (पीपीई) सहयोग गर्ने भएको छ । नेपालमा एकजना १९ वर्षीया किशोरी कोरोना भाइरस सङ्क्रमणमा परेकी छिन् ।

अरू आशंकितहरू पनि थपिएका छन् । तर, मेडिकल सुरक्षा सामग्रीहरू प्रयाप्त छैनन् ।

पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले झण्डै २० हजार थान त्यस्ता सामग्री (पीपीई) माग गरेको र चीन सरकारले सहयोग गर्ने बताएको जानकारी दिए ।

“उहाँहरूले सहयोग गर्छौं भन्नुभएको छ । सामग्री कहिले आइपुग्छ यकिन भएको छैन,” उनले बाह्रखरीसँग कुरा गर्दै भने ।

त्यस्तै सरकारले २० जना चिकित्सकको समूह पठाउन पनि चीन सरकारसँग अनुरोध गरेको छ । यसमा पनि चीन सरकार सकारात्मक रहेको छ ।

चीनबाट चिकित्सकका टोली भित्रिएपछि उनीहरूले उपचारका अतिरिक्त नेपाली चिकित्सकलाई तालिम पनि दिने छन् ।

सरकारले बलम्बुमा रहेको एपीएफको अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन खाली गर्ने बताइसकेको छ ।


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट