मङ्लबार, चैत्र १८, २०७६

कोरोनाबाट पूरै विश्व प्रभावित, १८६ देशमा पौने ४ लाख संक्रमित, साढे १६ हजारको मृत्यु

कोरोनाबाट पूरै विश्व प्रभावित, १८६ देशमा पौने ४ लाख संक्रमित, साढे १६ हजारको मृत्यु


  • KTM Khabar
  • मङ्लबार, चैत्र ११, २०७६

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट पूरै विश्व प्रभावित भएको छ। विश्व स्वास्थ्य संगठनका अुनसार १८६ देश कोरोना भाइरसबाट प्रभावित भइसकेका छन्।

यो भाइरसको संक्रमणबाट १६ हजार ४ सय ९६ जनाले ज्यान गुमाइसकेका छन् भने ३ लाख ७८ हजार २ सय ८७ जना संक्रमित भएका छन्। जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार उपचारपछि निको भएर एक लाख ९ सय ५८ जना घर फर्केका छन्।

संक्रमित बिरामीको संख्यामा पहिलो नम्वरमा अहिले पनि चीन नै रहेको छ । चीनमा ८१ ह्जार ५ सय ७ जना संक्रमित छन्। त्यस्तै इटालीमा ६३ हजार ९ सय २७ जना कोरोना भाइरस संक्रमित रहेको उल्लेख  छ।

त्यसपछि अमेरिका ,स्पेन,जर्मनी,इराक र फ्रान्स धेरै संक्रमित हुने सूचीमा छन्। ज्यान गुमाउनेमा इटालीमा पहिलो नम्वरमा छ। इटालीमा हालसम्म ६ हजार ७७ जनाले ज्यान गुमाएका छन् । दोस्रो नम्वरमा चीन छ। चीनमा ३ हजार १ सय ५३ जनाले ज्यान गुमाएका छन्।

उपचार पनि निको हुने बिरामीको संख्यामा चीन पहिलो नम्वरमा छ। चीनमा ५९ हजार ८ सय ८२ जना निको भएर घर फर्केका छन्। त्यस्तै इरानमा ८ हजार ३ सय ७६ जनाको उपचार भएको छ। इटालीमा ७ हजार ४ सय ३२ जना निको भएको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ । एजेन्सी


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट