मङ्लबार, चैत्र १८, २०७६

‘राखेप’का भौतिक संरचनालाई ‘क्वारेन्टाइन’का रुपमा प्रयोग गर्न पाइने

‘राखेप’का भौतिक संरचनालाई ‘क्वारेन्टाइन’का रुपमा प्रयोग गर्न पाइने


  • KTM Khabar
  • सोमवार, चैत्र १०, २०७६

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्नो मातहतका सबै भौतिक संरचनाहरुलाई कोरोनाभाइरसको महामारीविरुद्ध लड्न ‘क्वारेन्टाइन’का रुपमा प्रयोग गर्न दिने भएको छ ।

राखेपले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले गरेको निर्णयानुसार क्वारेन्टाइन निर्माणका लागि आवश्यक पर्ने सबै भौतिक पूर्वाधार प्रयोग गर्न सक्ने जनाएको छ ।

राखेपका प्रवक्ता एवं विभागीय प्रमुख कुलबहादुर थापाले जारी गरेको विज्ञप्तिमा दशरथ रंगशालासहित काठमाडौं उपत्यकासँगै सातै प्रदेश र जिल्लाका भौतिक पूर्वाधार क्वारेन्टाइनका लागि प्रयोग गर्न पनि अनुरोध गरिएको छ ।

यसअघि, कोरोना संक्रमणबाट बच्नका लागि भन्दै राखेपले गत हप्ता खेलकुदका सम्पूर्ण गतिविधि बन्द गर्ने निर्णय गरेको थियो ।

यसअघि, अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि आफू मातहतका सम्पूर्ण भौतिक पूर्वाधार क्वारेन्टाइन र ‘आइसोलेसन’का लागि प्रयोग गर्न सक्ने जनाएको थियो ।


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट