मङ्लबार, चैत्र १८, २०७६

कालोबजारी गर्नेलाई ५ वर्ष जेल

कालोबजारी गर्नेलाई ५ वर्ष जेल


  • KTM Khabar
  • आइतवार, चैत्र ९, २०७६

वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा कलोबजारी गर्नेलाई ३ लाख जरिवाना र ५ वर्षसम्मको जेल सजाय हुने बताएका छन्।

कोरोना भाइरसको सन्त्रास फैलिएसँगै देशभर कालोबजारी भएको गुनासो बढेका बेला मन्त्री भट्टले अभाव सिर्जना गरेको फेला परेमा यस्तो सजायको व्यवस्था रहेको बताए।

रिपोटर्स क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा उनले भने ‘बजारमा अभाव सिर्जना गर्नेलाई ५ वर्षको कैद सजाय हुन्छ। कुनै सम्झौता हुन सक्दैन। बदमासी गरेको देख्नुभयो भने तपाईले खबर गर्नुहोस्। त्यसलाई हामी तत्काल काराबाही गर्छौँ। कारबाही गर्नेमा कुनै शंका नगर्नुहोस्।’उनले अत्यावश्यक वस्तु नपाए वाणिज्य विभागमा सूचना दिनसमेत आग्रह गरे। ११३७ मा फोन गरे कलोबजारी गरेको जानकारी गराउन सकिने कुरा प्रष्टपारे ।


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट