मङ्लबार, चैत्र १८, २०७६

गीतकार तारा अधिकारीको गीति एल्बम ‘फुलेको केश’ सार्वजनिक (भिडियो)

गीतकार तारा अधिकारीको गीति एल्बम ‘फुलेको केश’ सार्वजनिक (भिडियो)


  • KTM Khabar
  • बुधबार, चैत्र ५, २०७६

५ चैत्र, काठमाडौँ ।
गीतकार श्रीमती तारा अधिकारीको गीति एल्बम ‘फुलेको केश’ सार्वजनिक भएको छ ।


लाजिम्पाट स्थित नेपाली चुलो रेष्टुरेन्टमा एक कार्यक्रम आयोजना गर्दै एल्बम सार्वजनिक गरिएको हो ।


पूर्वमन्त्री तथा गीतकार शंकर प्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा वरिष्ठ गीतकार तथा चलचित्रकर्मी चेतन कार्की, वरिष्ठ संगीतकार तथा गायक जगतमर्दन थापा, गायक तथा संगीतकार गणेश रसिक, वरिष्ठ कलाकार तथा प्रथम नायिका भुवन चन्द, वरिष्ठ लेखिका तथा नारायण गोपाल संगीत कोषका अध्यक्ष उषा शेरचन, तारादेवी स्मृति फाउण्डेसनका अध्यक्ष दिपक केसी, वरिष्ठ संगीतकार तथा गीतकार दिपक जंगम, वरिष्ठ संगीतकार राजु सिंह, निर्देशक रमेश थापा लगायतको उपस्थिति रहेको थियो ।

एल्बममा नौ वटा गीत समावेश गरिएको जनाइएको छ ।


दिपक जंगम, बसन्त सापकोटा, कल्याण सिंह, दिपक शर्मा, सुवाष भुसाल, उमेशराज खड्का, रमेश कडरियाको संगीतमा रहेका गीतहरुमा स्वरुपराज आचार्य, अन्जु पन्त, प्रमोद खरेल, राज सिग्देल, मेलिना राई, विश्व नेपाली, प्रताप दास, अस्मिता अधिकारी, कविता श्रेष्ठ, निकेश राईको आवाज छ । तारा अधिकारीको यो एल्बम सुनौलो तारा दोस्रो एल्बम हो । उनको पहिलो एल्बम सपना हो । सुनौलो तारा एल्बममा पहिलो एल्बममा रहेका दुई वटा गीतहरु पनि राखिएका छन् ।


कार्यक्रममा फुलेको केश बोलको गीतको म्युजिक भिडियोलाई पनि देखाइएको थियो । भिडियोलाई रमेश थापाले निर्देशन गरेका छन् भने दिलिप रायमाझी, सिरु विष्ट, स्वयम् गीतकार तारा अधिकारी र बाल कलाकार सुलोचना आचार्यले अभिनय गरेका छन् । नवराज उप्रेतीले छायांकन गरेको उक्त भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका छन् । हेरौँ म्युजिक भिडियोः

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शंकर प्रसाद कोइरालाले अहिलेको अवस्थामा एल्बम नै निकाल्नु राम्रो कुरा भएको बताउँदै सफलताको कामना गरे ।

 

 

 


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट