मङ्लबार, चैत्र १८, २०७६

कोरोनाले कुन–कुन मुलुकमा बन्द छन् शैक्षिक संस्था ?

कोरोनाले कुन–कुन मुलुकमा बन्द छन् शैक्षिक संस्था ?


  • KTM Khabar
  • मङ्लबार, चैत्र ४, २०७६

 

४ चैत, काठमाडौं ।
विश्वभर कोरोना भाइरस कोभिड–१९ को सन्त्रास फैलिएको छ । चीनको वुहानबाट सुरु भएको संक्रमण अहिले १६० भन्दा बढी मुलुकमा फैलिएको छ । यसबाट आर्थिक तथा सामाजिक असर देखिएका छन् ।

कोरोनाको संक्रमण फैलिन नदिन विभिन्न मुलुकले योजनाहरु बनाएका छन्, जसमध्ये स्कुल बन्द एउटा हो ।

दक्षिण कोरिया, जापान, हङकङ, बहराइन र यूएईजस्ता मुलुकले विद्यालय लगायत शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका छन् ।

अमेरिकाको पनि धेरैजसो राज्यमा विद्यालय बन्द छन् । तर पढाइमा कुनै असर नपरोस् भनेर अनलाइन पढाइको विकास गर्न पनि शैक्षिक संस्थालाई आग्रह गरेको छ । यस्तो प्रयास चीनले पनि गरेको थियो । कोरोनाका कारण झण्डै एक महिनासम्म विद्यालय बन्द हुँदा थुप्रै विद्यालय तथा विश्वविद्यालयले अनलाइन पढाई गरेका थिए ।

यूरोपमा पनि अधिकांश मुलुकले विद्यालय बन्द गरिसकेका छन् । तर नेदरल्याण्ड, फिनल्याण्ड र अष्ट्रेलियाले भने विद्यालय तथा शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका छैनन् ।

बेलायतले अहिले विद्यालय तथा शैक्षिक संस्था बन्द गर्नुपर्ने गरी भाइरस नफैलिएको बताएको छ ।

अष्ट्रेलियाले भने बन्द गर्दा उल्टो असर पर्नसक्ने भन्दै विद्यालय तथा स्वास्थ्य संस्था बन्द गर्न नहुने बताएको छ । प्रधानमन्त्री स्टक मोरिसनले विद्यालय बन्द गर्दा धेरै नर्सहरु बच्चा हेर्न घरमै बस्ने, अस्पतालमा नआउने र स्वास्थ्यकर्मीको अभाव हुन सक्ने बताएका छन् ।


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट