मङ्लबार, चैत्र १८, २०७६

मेसीले रोल्नाल्डिनोलाई जेलमुक्त गराउन आर्थिक सहयोग गर्ने कुरा अफवाह मात्रै !

मेसीले रोल्नाल्डिनोलाई जेलमुक्त गराउन आर्थिक सहयोग गर्ने कुरा अफवाह मात्रै !


  • KTM Khabar
  • मङ्लबार, चैत्र ४, २०७६

केही दिनअघि फुटबल जगतमा एक समाचार भाइरल बन्यो– स्पेनिस क्लब बार्सिलोनाका खेलाडी लिओनल मेस्सीले पराग्वेको जेलमा रहेका आफ्ना पूर्वसहकर्मी तथा ब्राजिलका लिजेन्ड खेलाडी रोनाल्डिन्होलाई जेलमुक्त गराउन ४ मिलियन युरो पैसा सहयोग गर्नुका साथै वकिलसमेत खटाउने भएका छन् ।

तर, मेस्सी स्वयंले भने यस्तो समाचारको खण्डन गरेको समाचार सार्वजनिक भएको छ । र, आफूले रोनाल्डिन्होलाई छुटाउन सहयोग गर्ने समाचार अफवाह मात्रै रहेको सार्वजनिक भएको हो । यसअघि मेस्सीले फर्जी पासपोर्ट काण्डमा पराग्वेको जेलमा रहेका बार्सिलोनाका लिजेन्ड खेलाडीसमेत रहेका रोनाल्डिन्होलाई जेलबाट छुटाउन मेस्सीले सहयोग गर्न लागेको समाचार मिडियामा चर्चामा आएको थियो ।

दुई साताअघि रोनाल्डिन्हो फर्जी पासपोर्टको मदतमा आफ्ना भाइसँगै आफ्नो देश प्रवेश गरेको आरोपमा पराग्वेको प्रहरीले पक्राउ गरेर जेल हालेको थियो । रोनाल्डिन्हो अहिले पनि त्यहींको जेलमा छन् । र, उनीमाथि मुद्दा दर्ता गराएर छानबिन गरिँदैछ ।

तर, मेस्सीले रोनाल्डिन्होलाई आफूले सहयोेग गर्ने समाचार मिडियामा छाएपछि सो कुराको खण्डन गरेका हुन् । ‘द सन’ का अनुसार मेस्सीले रोनाल्डिन्होको अवस्थाप्रति आफूले सहानभूति जनाए पनि आर्थिक सहयोग गर्ने कुरा झुठो रहेको बताएको उल्लेख छ ।

मेस्सी र रोनाल्डिन्होले सन् २००४ देखि २००८ सम्म बार्सिलोनाबाट सँगै खेलेका थिए । रोनाल्डिन्होले सन् २००८ मा बार्सिलोना छाडेपछि उनले लगाउने गरेको १० नम्बर जर्सी मेस्सीले लगाउन थालेका थिए ।

रोनाल्डिन्हो सन् २०१८ मा आफ्नै देशमा वातावरणीय मुद्दामा दोषी ठहर भएपछि उनलाई ब्राजिलको अदालतको आदेशअनुसार सरकारले उनको पासपोर्ट खोसेको थियो ।


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट