मङ्लबार, चैत्र १८, २०७६

बिरामीको मृत्यपछि भैरहवा मेडिकल कलेजमा तनाव

बिरामीको मृत्यपछि भैरहवा मेडिकल कलेजमा तनाव


  • KTM Khabar
  • सोमवार, चैत्र ३, २०७६

३ चैत, बुटवल ।

उपचाररत एक महिलाको मृत्युपछि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा तनाव उत्पन्न भएको छ ।

नवलपरासी बर्दघाट नगरपालिका–२ बाट दाँतको उपचारका लागि आएकी यमकुमारी पुनको अस्पतालले लापरबाही गरेकै कारण मृत्यु भएको भन्दै उनका आफन्तजनले चिकित्सकमाथि समेत हातपात प्रयास गरेका छन् ।

अस्पतालमा प्रहरी र बिरामीका आफन्तबीच धकेलाधकेल भएको छ । मृतकका देवर धर्मबहादुर पुनले दातको उपचार गर्दा भाउजुले अकालमै ज्यान गएको बताए । अस्पतालमा विवाद भएपछि बाक्लो संख्यामा परिचालित प्रहरीले उनीहरुलाई अस्पताल गेटबाहिर पुर्‍याएको छ ।

अहिले जिल्ला प्रहरी कार्यालयबाट ७० जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा डीएसपी खड्कबहादुर खत्रीले अनलाइनखबरलाई बताए ।

अस्पताल व्यवस्थापक कमल ढकालले आक्रमणबाट चिकित्सकसहित २० जनाभन्दा बढी घाइते भएको बताएको छ । मृतकको शव परिवारजनले बुझिसकेको अस्पतालले जनाएको छ ।


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट