मङ्लबार, चैत्र १८, २०७६

मोदीलाई अस्पतालको शैय्याबाट ओलीको जवाफ– कोरोनाविरुद्ध लड्न नेपाल तयार छ

मोदीलाई अस्पतालको शैय्याबाट ओलीको जवाफ– कोरोनाविरुद्ध लड्न नेपाल तयार छ


  • KTM Khabar
  • शुक्रबार, फाल्गुन ३०, २०७६

काठमाडौं । 

प्रधानमन्त्री केपी शर्मा ओलीले नोभेल कोरोनाभाइरस (कोभिड १९)विरुद्ध लड्न नेपाल तयार रहेको बताएका छन् । १२ दिनदेखि भर्ना भएर अस्पतालको शैय्यामा रहेका प्रधानमन्त्री ओलीले कोरोनाभाइरसविरुद्ध लड्न नेपाल तयार रहेको जवाफ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिएका हुन् ।

मोदीले कोरोनाभाइरसविरुद्ध लड्न दक्षिणी एसियाली राष्ट्रहरुलाई गरिएको आह्वानप्रति प्रधानमन्त्री ओलीले शुक्रबार ट्वीटमार्फत नै जवाफ फर्काउँदै प्रतिबद्धता जनाएका हुन् ।

यही फागुन १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएर फागुन २१ गते दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गराएर स्वास्थ्य लाभ गरिरहेका प्रधानमन्त्री ओलीले विश्वभर आतंक मच्चाएको कोरोनाभाइरसविरुद्ध लड्न नेपाल तयार रहेको बताएका हुन् ।


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट