मङ्लबार, चैत्र १८, २०७६

सगरमाथा आरोहरण वैशाख १८ सम्म बन्द

सगरमाथा आरोहरण वैशाख १८ सम्म बन्द


  • KTM Khabar
  • शुक्रबार, फाल्गुन ३०, २०७६

गतवर्ष सगरमाथा आरोहणका क्रममा जाम भएको दृश्य भाइरल भएको थियो । सगरमाथा आरोहणका लागि वर्षेनी संख्या बढ्दा नेपाल सरकारले आम्दानीसँगै आलोचना पनि खेपेको थियो । अब यसवर्ष त्यस्तो नहुने भएको छ ।

विश्वव्यापी कोरोना भाइरसको संक्रमणका कारण सरकारले वैशाखको दोस्रो हप्तासम्म सगरमाथा आरोहरण बन्द गरेको छ । सरकारले सूचना जारी गरी भोलिबाट लागू हुने गरी वैशाख १८ सम्मका लागि आरोहरण बन्द गरेको हो ।

सरकारले पर्यटक भीसा ३० अप्रिलसम्म बन्द गर्ने निर्णय गरेकाले सगरमाथा आरोहरण पनि सोही मितसम्मका लागि बन्द गर्ने निर्णय लिएको हो । यसबाट यो वसन्त ऋतुमा सगरमाथा आरोहण नहुने अवस्था बनेको छ ।

नेपालले सगरमाथा आरोहरणबाट पूत्येक वर्ष ४० लाख डलर आम्दानी गर्दै आएको छ । सगरमाथा आरोहरणका लागि प्रत्येक आरोहणकर्ताले ११ हजार डलर बुझाउनुपर्छ । यसबाहेक पर्यटनमा सगरमाथा आरोहरणको अप्रत्यक्ष प्रत्यक्ष ठूलो आम्दानी हुनेगरेको छ । सगरमाथा आरोहरणमा सबैभन्दा बढी अमेरिका, भारत, चीन, बेलायत, जापान र दक्षिण कोरियाका नागरिक आउने गर्छन् । यी देशहरुमा कोरोना भाइरसको संक्रमण बढी रहेको छ ।

चीनले यसअघि नै सगरमाथा आरोहरण बन्द गरिसकेको छ । कोरोना भाइरसको संक्रमण चीनबाट शुरु भएको हो ।


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट