मङ्लबार, चैत्र १८, २०७६

‘रोनाल्डिन्होलाई आफ्नो राहदानी नक्कली भन्ने थाहै थिएन’

‘रोनाल्डिन्होलाई आफ्नो राहदानी नक्कली भन्ने थाहै थिएन’


  • KTM Khabar
  • मङ्लबार, फाल्गुन २७, २०७६

आसुनसिओन ।

ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी रोनाल्डिन्होले जानाजान नक्कली राहदानी (पासपोर्ट) नबोकेको उनका ब्राजिली वकील सर्जिओ क्वीरोजले दाबी गरेका छन् । क्वीरोजले रोनाल्डिन्होलाई तत्काल रिहा गर्न पाराग्वेका सरकारी अधिकारीहरु समक्ष आग्रह पनि गरेका छ । पाराग्वेमा पक्राउ परेका रोनाल्डिन्हो र उनका भाई रोबर्टोले नक्कली कागजात पेश गरेको पाराग्वेका अधिकारीहरुले बताएका छन् ।

उनीहरु दुबै जना यही मामिलामा विगत तीन दिनदेखि पाराग्वेको राजधानी आसुनसिओनको जेलमा थुनिएका छन् ।  वकील क्वीरोजले भने, ‘रोनाल्डिन्होले कुनै अपराध गर्नु भएको छैन किनभने उहाँलाई दिइएको पासपोर्ट नक्कली हो भन्ने उहाँलाई पनि थाहा थिएन ।’
पाराग्वेका अधिकारीहरुले जेलमा रोनाल्डिन्होको व्यवहार निकै राम्रो भएको र न्यायाधीशले पनि उनीप्रति सहानुभूति देखाउने सम्भावना रहेको बताएका छन् । रोनाल्डिन्हो र उनका भाइ रोबर्टो ब्राजिलबाट गत बुधबार पाराग्वे आइपुगेका थिए । विमानस्थलमा सामान्य जाँच गरेर होटल पुगेका रोनाल्डिन्हो र उनका भाइको कोठामा केही घण्टापछि प्रहरीले छापा मारेको थिए । –एएफपी/Photo: BBC


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट