| Monday 17th February 2020

नेसनल प्याब्सन काठमाडौँको सातौँ अधिवेशन हायातमा हुने

३ फाल्गुन, काठमाडौँ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) काठमाडौँको सातौँ जिल्ला अधिवेशन फाल्गनु ६ गते होटल हायात रिजेन्सीमा हुने भएको छ ।


ADVERTISEMENT

अधिवेशनबाट अगामी ३ बर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्ने जनाइएको छ ।

नेसनल प्याब्सनको स्मारिका प्रकाशनदेखि अन्य केहि महत्वपुर्ण कार्यक्रम सहित यस पटकको अधिवेशनलाई थप विशेष बनाउन लागिएको नेसनल प्याब्सन काठमाडौँका सञ्चार विभाग प्रमुख गेन्द्र लामाले बताउनु भयो ।

अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न विभिन्न समिति बनाएर काम भइरहेको र लगभग तयारी अन्तिम चरणमा पुगेको पनि उहाँले जानकारी दिनुभयो ।

नीति र नेतृत्व तय गर्ने हुनाले सदस्य विद्यालयहरुले एन प्याब्सनको अधिवेशनलाई महत्वका साथ हेरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार