| Monday 17th February 2020

टेक्सस धन्यन्तरी कपः केब्स र पशुपति सुपर सिक्समा

२७ माघ, काठमाडौँ ।


ADVERTISEMENT

केब्स र पशुपति बहुमुखी क्याम्पस ‘टेक्सस्–धन्यन्तरी कप’ अन्तरकलेज प्लस टु छात्र फुटसल प्रतियोगिताको पहिलो दिन सोमबार सुपर सिक्समा प्रवेश गरेका छन् ।

टेक्सस इन्टरनेसनल कलेज र धन्यन्तरी फुटसलद्वारा संयुक्त आयोजित प्रतियोगितामा केब्सले बृहस्पति विद्या सदनलाई ४–३ तथा पशुपतिले विनायक सिद्धलाई ३–० गोलले पराजित गरे ।

हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा भएको प्रतियोगितामा काष्ठमण्डप, ह्वाइटहाउस, लुम्बिनी, बागमती, जेभियर इन्टरनेसनल कलेज, केब्स ‘बी’, समृद्धि र साइपाल एकेडेमी राउन्ड अफ १२ मा प्रवेश गरेका छन् । सुपर सिक्समा पुग्ने सबै टोलीको टुंगो लागेपछि खेल नकआउट चरणमा खेलाइने छ । सुपर सिक्समा जित हात पार्ने ३ टिमले पुनः राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन् । राउन्ड रोविनमा शीर्ष दुई स्थानमा रहने टोलीबीच पुनः उपाधि भिडन्त हुने छ ।

प्रतियोगिताको अखिल नेपाल फुटबल संघका सदस्य एवं फुटसल समितिका संयोजक दावा लामा र आयोजक टेक्सस एजुकेशन नेटवर्कका सिईओ भेषराज पोखरेलले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी संयुक्त रुपमा उद्घाटन गरे ।

दुईदिने प्रतियोगितामा १९ टिम सहभागी छन् । विजेताले १ लाख, उपविजेताले ५० हजार र तेश्रो हुनेले २५ हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगितामा सहभागी खेलाडीलाई टेक्सास्मा अध्ययन गर्न चाहे १ लाख बराबरीको छात्रवृत्ति प्रदान गरिने सिईओ पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार