| Monday 17th February 2020

विभूति पाठशालाको वार्षिक खेलकुद दिवस सम्पन्न (भिडियो)

५ माघ, काठमाडौँ ।
कोटेश्वरमा रहेको विभूती पाठशालाले वार्षिक रुपमा गरिने खेलकुद प्रतियोगिता खेलकुद दिवस सम्पन्न गरेको छ ।


ADVERTISEMENT


जावलाखेल, सातदोवाटोमा रहेको आर्मी खेलकुद मैदानमा एक दिवसिय खेलकुदको आयोजना गर्दै खेलकुद दिवस सम्पन्न गरिएको हो ।


१३औँ सागमा उस्सु ५६ केजी तर्फकी स्वर्ण पदक विजेता जुनी राईको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा स्कूलकी अध्यक्ष प्रीति राई, प्रिन्सिपल सविना दाहाल, डाइरेक्टर सरोज दाहाल, डाइरेक्टर सुरेश मरठ्ठा, डाइरेक्टर सनत सत्याल, डाइरेक्टर जिके श्रेष्ठ एवं अन्य स्कूल संस्थापक टिम, कार्यक्रम संयोजक एवं प्रशिक्षक श्याम तामाङ, विद्यार्थी, अभिभावक लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रमकी सभापति प्रीति राईले पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको औपचारिक उद्घाटन गर्नु भएको थियो । यस्तै खेलकुद दिवस अंकित बेलुन व्यानरलाई उडाई खेलहरु सुरु गरिएको थियो ।

मार्च पासद्धारा विद्यार्थीहरुले उपस्थित अतिथि एवं अभिभावकहरुको स्वागत गरेका थिए ।


यस्तै उक्त कार्यक्रममा विभूतिमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य, गायन प्रस्तुत गरेका थिए ।


शनिबार नै विजयी विद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाण–पत्रद्धारा पुरस्कृत गरिएको स्कूलकी प्रिन्सिपल सविना दाहालले बताउनु भयो ।


कार्यक्रम बिहान ११ बजेदेखि दिउसो ३ बजेसम्म चलेको थियो ।


सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले विभूति पाठशालाकी संस्थापक प्रिन्सिपल सविना दाहाल तथा कार्यक्रमकी प्रमुख अतिथि एवं उस्सु खेलाडी जुनी राईसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

थप तस्विरः

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार