| Monday 17th February 2020

साम्तेनको ‘सांस्कृतिक आदान–प्रदान तथा फुड फेस्टिभल’ सम्पन्न (भिडियो)

काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ११, कपनमा रहेको साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीले आयोजना गरेको ‘नेपाल–कोरिया सांस्कृतिक आदान–प्रदान तथा फुड फेस्टिभल’ माघ १ गते सम्पन्न भएको छ ।


ADVERTISEMENT


स्कूलको प्रांगण कपनमा एक कार्यक्रमको आयोजना गर्दै १० दिने ‘नेपाल–कोरिया सांस्कृतिक आदान–प्रदान तथा फुड फेस्टिभल’ सम्पन्न गरिएको हो ।


कार्यक्रमको बिहानी सत्र अन्तर्गत स्कूलको प्रांगणमा नेपाली र कोरियल खानाका परिकार तयार गरि अतिथिहरुलाई समेत खानका परिकार वितरण गरिएको थियो । सो पश्चात औपचारिक कार्यक्रम सुरु गरिएको थियो ।


दक्षिण कोरिया स्थित गाङ्रुङ वोन्जो युनिभर्सिटीसंगको सहकार्यमा मंगलबारदेखि नेपाल–कोरिया सांस्कृतिक आदान–प्रदान सुरु भएको थियो ।


पूर्व पर्यटनमन्त्री कृपासुर शेर्पाको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा एन प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली, प्रो.डा.युएम हंसिक, युवा नेता विनोद चालिसे, नेकोसका अध्यक्ष अक्कल तामाङ, समाजसेवी सेर्कु शेर्पा, साम्तेनका अध्यक्ष निम्तो शेर्पा, संस्थापक सदस्य निमा शेर्पा, प्रिन्सिपल शक्ति राज नेपाल, हास्य कलाकार दिवाकर घिमिरे, विद्यार्थी, अभिभावक लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा साम्तेनमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य, गायन, कराँते प्रदर्शनी लगायत प्रस्तुती दिएका थिए ।


यस्तै उक्त कार्यक्रममा ग्यांगरुङ वन्जु युनिभर्सिटीबाट आएका विद्यार्थीहरुले पनि नृत्य, गायन लगायत प्रस्तुती दिएका थिए ।


१० दिनसम्म चलेको उक्त सांस्कृतिक आदान–प्रदान कार्यक्रममा ग्यांगरुङ वन्जु युनिभर्सिटीबाट ३२ जना प्रोफेसर तथा विद्यार्थीहरु आएका थिए ।


बुधबार साम्तेनको तर्फबाट युनिभर्सिटीका प्रोफेसर तथा विद्यार्थीहरुलाई प्रशंसा–पत्र, मायाको चिनो प्रदान गरिको थियो ।


सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीका फाउण्डर, प्रिन्सिपल शक्ति राज नेपालसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

थप तस्विरः

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार