| Sunday 15th December 2019

‘चौथो ३६१ डिग्री पिस प्वाइन्ट कप’ सुरु (भिडियो)

२ मंसिर, काठमाडौँ ।
कात्ययानी चोक, मध्यवानेश्वरमा रहेको पिस प्वाइन्ट बोर्डिङ्ग स्कूलको आयोजनामा चौथो चौथो ३६१ डिग्री पिस प्वाइन्ट कप अन्तरविद्यालय फुटबल प्रतियोगिता सुरु भएको छ ।


ADVERTISEMENT


ज्ञानेश्वरमा रहेको सानो गौचरण फुटबल मैदानमा मंसिर १ गते आइतबारबाट सुरु भएको हो ।


मंसिर ८ गतेसम्म हुने उक्त प्रतियोगितामा छात्रतर्फ २२ टिम र छात्रातर्फ १२ टिमको सहभागिता रहेको छ ।


प्याब्सन काठमाडौँका उपाध्यक्ष प्रेम राईको प्रमुख आतिथ्यतामा गरिएको उद्घाटन कार्यक्रममा प्याब्सन काठमाडौँकी उपाध्यक्ष रिता राई दाहाल, प्याब्सन काठमाडौँका सह–सचिव सुर्य भण्डारी, प्याब्सन काठमाडौँका सह–कोषाध्यक्ष आर.बी. अधिकारी, माफका अध्यक्ष राजन आचार्य लगायत विभिन्न स्कूलका प्रिन्सिपल, खेलकुदसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


उद्घाटन कार्यक्रममा मार्चपास, नृत्य एवं अर्केष्टाद्धारा विद्यार्थीहरुले स्वागत गरेका थिए ।


कार्यक्रममा बोल्दै पिस प्वाइन्ट बोर्डिङ्ग स्कूलकी संस्थापक प्रिन्सिपल इशु गुरुङले फुटबल खेललाई अतिरिक्त क्रियाकलापहरुमा पिस प्वाइन्ट बोर्डिङ्ग स्कूलले मेरुदण्डको रुपमा विकास गरिरहेको र विद्यालय जीवनबाटनै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको बताउनु भयो ।


यस्तै प्रमुख अतिथि राईले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै खेलकुद स्वास्थ्यका लागि मात्र नभई अहिले खेलबाट पनि आफ्नो करिअर निर्माण गर्न सकिने बताउनु भयो ।


नकआउट चरणमा संचालन हुने प्रतियोगितामा पुरुषतर्फ प्रथम, द्धितीय र तृतीय हुने टिमले क्रमश २५ हजार, १५ हजार र १० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् भने महिलातर्फ प्रथम, द्धितीय र तृतीय हुने टिमलाई नगद क्रमश १५ हजार, १० हजार र ७ हजार प्राप्त गर्ने जनाइएको छ ।


यस्तै प्लेअर अफ सिरिज, हाइएष्ट स्कोरर्, बेष्ट गोलकिपर, बेष्ट डिफेन्डर, म्यान अफ द म्याच, बेष्ट कोच र इमर्जिङ्ग प्लेअर विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई ट्रफीद्धारा पुरस्कृत गरिनेछ ।


सोही प्रतियोगितामा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले पिस प्वाइन्ट बोर्डिङ्ग स्कूलकी संस्थापक प्रिन्सिपल इशु गुरुङसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

थप तस्विरः

 

प्रतिक्रिया

सम्बन्धित समाचार