| Sunday 15th December 2019

चौथो ३६१ डिग्री पिस प्वाइन्ट कपः तयारी पुरा, प्रथमलाई नगद २५ हजार

काठमाडौँ ।
कात्ययानी चोक, मध्यवानेश्वरमा रहेको पिस प्वाइन्ट बोर्डिङ्ग हाई स्कूलको आयोजनामा चौथो ३६१ डिग्री पिस प्वाइन्ट कप अन्तरविद्यालय फुटबल प्रतियोगिता मंसिर १ गते आइतबारदेखि सुरु हुने भएको छ ।


ADVERTISEMENT


शुक्रबार संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी गराएको हो ।


मंसिर ८ गतेसम्म सानोगौचरण फुटबल मैदानमा संचालन हुने उक्त प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । प्रतियोगितामा पुरुषतर्फ २२ टिम र महिलातर्फ १२ टिमले प्रतिस्पर्धा गर्नेछन् ।


नकआउट चरणमा संचालन हुने प्रतियोगितामा पुरुषतर्फ प्रथम, द्धितीय र तृतीय हुने टिमले क्रमश २५ हजार, १५ हजार र १० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् भने महिलातर्फ प्रथम, द्धितीय र तृतीय हुने टिमलाई नगद क्रमश १५ हजार, १० हजार र ७ हजार प्राप्त गर्नेछन् ।


यस्तै प्लेअर अफ सिरिज, हाइएष्ट स्कोरर्, बेष्ट गोलकिपर, बेष्ट डिफेन्डर, म्यान अफ द म्याच, बेष्ट कोच र इमर्जिङ्ग प्लेअर विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई ट्रफीद्धारा पुरस्कृत गरिनेछ ।


फुटबल खेललाई अतिरिक्त क्रियाकलापहरुमा पिस प्वाइन्ट बोर्डिङ्ग हाई स्कूलले मेरुदण्डको रुपमा विकास गरिरहेको र विद्यालय जीवनबाटनै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको र विवादरहित ढंगले प्रतियोगिता सम्पन्न गराउन हदै तयारी गरिएको आयोजक विद्यालय पिस प्वाइन्ट बोर्डिङ्ग हाई स्कूलकी संस्थापक प्रिन्सिपल इशु गुरुङले बताउनु भयो ।

छात्रतर्फका खेल तालिकाः

पत्रकार सम्मेलनको थप तस्विरः

 

प्रतिक्रिया

सम्बन्धित समाचार