| Sunday 15th December 2019

सर्वश्रेष्ठ गायिका लता मंगेशकरलाई आईसीयूमा राखेर उपचार

गम्भीर बिरामी परेर अस्पताल भर्ना गराएकी सर्वश्रेष्ठ गायिकाको सम्मान पाएकी लता मंगेशकरलाई थप उपचारका लागि आईसीयूमा राखेकी छन् ।


ADVERTISEMENT

समाचार एजेन्सीका अनुसार उनलाई मुम्बईको ब्रीच केन्डी अस्पतालमा आईसीयूमा राखेर उनको उपचार भइरहेको छ । छातिमा भाइरल इन्फेक्सन देखिएपछि सोमबार उनलाई अस्पताल लगिएको थियो ।

अनुशा श्रीनिवासनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएअनुसार लता मंगेशकरको उमेरको ख्याल राख्दै अस्पतालमा भर्ना गरिएको हो । मंगेशकर ९० वर्ष पुगेकी छन् ।

भारत रत्न, दादा साहब फाल्केजस्ता सम्मानबाट सम्मानित लता मंगेशकर भारतीय सिनेमा जगतको सर्वश्रेष्ठ गायिका मानिन्छिन् । उनले कैयौं नेपाली गीत पनि गाएकी छन् । भारतीय कलाको क्षेत्रमा उनको स्वरले लता मंगेशकर युग भनेर समेत चर्चा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार