| Monday 17th February 2020

एन प्याब्सन कागेश्वरीको ‘शिक्षक फुटबल टुर्नामेन्ट’ सम्पन्न, पाणिनिलाई उपाधि (फोटोफिचर)

काठमाडौँ ।
निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कागेश्वरी मनोहरा नगर कमिटीको आयोजनामा ‘५ ए साइड अन्तरविद्यालय शिक्षक फुटबल टुर्नामेन्ट’ सम्पन्न भएको छ ।


ADVERTISEMENT


अर्किड पुपिल सेकेण्डरी स्कुलका संस्थापक अध्यक्ष एवं एन प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीका कोषाध्यक्ष प्रेम भुजेलको संयोजनमा अशोज १२ गते आइतबार फुटबल टुर्नामेन्ट सम्पन्न भएको हो ।


कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ९ मा रहेको अर्किडको प्रांगणमा ३ दिनसम्म चलेको उक्त प्रतियोगितामा १६ टिमको सहभागि रहेको थियो ।


आइतबार भएको फाइनल खेलमा कपनमा रहेको बोधि सदन सेकेण्डरी स्कूलाई १–२ गोल अन्तरमा जित्दै खहरेमा रहेको पाणिनि स्कूलले उपाधि जितेको छ । पाणिनिका लागि सुनिल लामाले २ गोल गरेका थिए भने बोधि सदनका विनोद शाहीले १ गोल गरेका थिए ।


विजयी टिम प्रथम, द्धितीय दुवैलाई खसी, ट्रफी र मेडलद्धारा पुरस्कृत गरिएको थियो ।


एन प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीका अध्यक्ष अमृत खड्काको सभापतित्व तथा एन प्याब्सनका केन्द्रिय अध्यक्ष रितु राज सापकोटाको प्रमुख आतिथ्यतामा गरिएको उक्त पुरस्कार वितरण कार्यक्रममा एन प्याब्सनका केन्द्रिय कोषाध्यक्ष प्रताप बहादुर थापा, एन प्याब्सन प्रदेश नम्वर ३ का उपाध्यक्ष प्रकाश खड्का, एन प्याब्सनका संगठन सचिव सम्भु अधिकारी, बृजवाटर इन्टरनेशनल कलेजका कार्यक्रम संयोजक तेज श्रेष्ठ, विभिन्न स्कूलका शिक्षक, खेलकुद तथा शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


प्रतियोगितालाई बृजवाटर इन्टरनेशनल कलेजले प्रायोजन गरेको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं एन प्याब्सनका अध्यक्ष सापकोटाले विजयी टिमलाई बधाई दिँदै प्रतियोगिताको निरन्तरताका लागि शुभकामना समेत व्यक्त गरेका थिए । शिक्षाकर्मीहरु विचको भाइचारा सम्बन्धको विकासका लागि पनि शिक्षक फुटबल टुर्नामेन्ट आवश्यक रहेको सापकोटाले बताए ।


कार्यक्रमका सभापति एवं एन प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीका अध्यक्ष खड्काले प्रतियोगितालाई सभ्य, भब्य रुपमा सफल बनाउँन साथ, सहयोग प्रदान गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार