| Monday 9th December 2019

युवराज अधिकारीको दशै बिशेष गीत “अक्षता र जमरामा” सार्वजनिक (भिडिया)

काठमाडौं । नेपालीकोमहान चाड वडा दशै नजिकदै गर्दा रचनाकार युवराज अधिकारीले दशै, तिहार बिशेष गीत “अक्षता र जमरामा” सार्वजनिक गरेका छन । रोजगारीका लागी विदेशीएका कैयौ नेपालीहरु यसै चाडको प्रतिक्षामा वसेका हुन्छन । कहिले दशै आउला र घर फर्किन पाईएला भनेर तर विडम्बना अनेक कारण कति नेपाली घर फर्कन पाएका हुदैनन त्यसैको भाव बोकेको गीतलाई श्रृजना गरेका रचनाकार युवराज अधिकारीको उक्त गीतमा दिप श्रेष्ठ स्वर रहेको छ भने सुरेश अधिकारीको संगीत रहेको छ ।


ADVERTISEMENT

रचनाकार अधिकारीको आफ्नै युट्यूब च्यानल ‘युवराज अधिकारी’ बाट सार्वजनिक गीतको भिडियोलाई भुषण दाहालले निर्देशन गरेका हुन् भने गीतको भिडियोमा दुवईमा रहेर संगित श्रृजना तथा कलाकारितामा सक्रिय आशिष पुरुष र जानुका पौडेलको अभिनय रहेको छ । दुवईका विभिन्न शहर तथा नेपालमा छायांकन गरिएको उक्त गीतको भिडियाको छायांकन धिरज जंग शाहले गरेका हुन भने सम्पादन भरत रेग्मीले गरेका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार