सोमवार, जेष्ठ १२, २०७७

केयू सिटी कलेजको ‘विद्यार्थी स्वागत तथा विदाइ कार्यक्रम’ सम्पन्न (भिडियो)

केयू सिटी कलेजको ‘विद्यार्थी स्वागत तथा विदाइ कार्यक्रम’ सम्पन्न (भिडियो)


  • KTM Khabar
  • बिहिबार, अशोज २, २०७६

काठमाडौँ ।
चाबहिल, सरस्वतीनगरमा रहेको केयू सिटी कलेजको कक्षा ११ का विद्यार्थीको स्वागत तथा कक्षा १२ उतिर्ण विद्यार्थीको विदाइ कार्यक्रम सम्पन्न भएको छ ।


भदौ २६ गते विहिबार प्रज्ञा प्रतिष्ठान उक्त कार्यक्रमको आयोजना आयोजना गरिएको थियो ।


पूर्व स्वास्थ्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य गगन कुमार थापाको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा प्याब्सनका उपाध्यक्ष गोपाल आचार्य, विभिन्न कलेजका क्याम्पस प्रमुख, विभिन्न स्कूलका प्रिन्सिपल, विद्यार्थी लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रमका प्रमुख अतिथि थापाले पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए ।


कार्यक्रममा स्वागत तथा विदाइ हुने विद्यार्थीहरुलाई मायाको चिनोद्धारा सम्मान गरिएको थियो । उक्त कार्यक्रमको अवसरमा शिक्षकलाई समेत सम्मान गरिएको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले विद्यार्थीहरुको उज्वल भविष्यको कामना व्यक्त गरेका थिए ।


कार्यक्रममा केयू सिटी कलेजमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य, गायन प्रस्तुत गरेका थिए ।


सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले केयू सिटी कलेजका एकेडेमीक डाइरेक्टर चिरञ्जिवी निरौलासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

थप तस्विरः

 

 


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट