आइतवार, कार्तिक ३, २०७६ | Sunday 20th October 2019

स्किम्सको ‘विद्यार्थी स्वागत तथा सम्मान कार्यक्रम’ सम्पन्न (भिडियो)

काठमाडौँ ।
महाराजगंज, चक्रपथमा रहेको स्किम्स पब्लिक स्कूल/कलेजले आफ्ना कक्षा ११ का विद्यार्थीको स्वागत तथा कक्षा १२ उतिर्ण विद्यार्थीहरुको विदाई एवं सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।


ADVERTISEMENT


भदौ २८ गते शनिबार बसुन्धरामा रहेको गोधुली पार्टी प्यालेसमा शनिबार उक्त कार्यक्रम गरिएको हो ।


काठमाडौँ क्षेत्र नम्वर ४ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा ब्रिटिस गोर्खा कलेजका क्याम्पस प्रमुख हिमाल सेर राई, विभिन्न स्कूलका प्रिन्सिपल, क्याम्पस प्रमुख, विद्यार्थी लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रमका प्रमुख अतिथि एवं प्रतिनिधिसभा सदस्य थापाले पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको औपचारिक उद्घाटन गरेको थिए ।


कार्यक्रममा स्किम्समा अध्ययनरत विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य, गायन, नाटक प्रस्तुत गरेका थिए ।
यस्तै गायक तिलक बस्नेतले पनि आफ्नो सांगिति प्रस्तुती दिएका थिए ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले विद्यार्थीहरुको उज्वल भविष्यका निम्ति शुभकामना दिएका थिए ।


आगन्तुक तथा विदाई हुने विद्यार्थीहरुलाई खादा, अविरद्धारा सम्मान गरिएको थियो ।


कार्यक्रम बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म चलेको थियो ।


सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले स्किम्स पब्लिक स्कूल/कलेजका फाउण्डर, प्रिन्सिपल आर.पी. खतिवडासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

थप तस्विरः

 

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार