आइतवार, कार्तिक ३, २०७६ | Sunday 20th October 2019

‘दोश्रो प्याब्सक प्रिन्सिपल फुटसल कप’ शुक्रबार हुने

काठमाडौँ ।
निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘दोश्रो प्याब्सक फुटसल कप’ असोज ३ गते शुक्रबार हुने भएको छ ।


ADVERTISEMENT


कपनमा रहेको पायोनियर पब्लिक स्कूलमा बुधबार पत्रकार भेटघाट कार्यक्रम गर्दै उक्त जानकारी गराइएको हो ।


संविधान दिवसको अवसरमा गरिने उक्त प्रतियोगिता कपन, आकासेधारामा रहेको ग्रिन विस फुटसल गाउण्डमा हुनेछ ।


बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म चल्ने प्याब्सक प्रिन्सिपल फुटसल कपमा २३ विद्यालयको सहभागिता रहनेछ ।


शिक्षाकर्मीहरु मानसिक रुपमा मात्र नभई स्वास्थ्यमा पनि फिट छन् भन्ने सन्देश प्रवाह गर्न प्रतियोगिताको आयोजना गर्न लागिएको प्याब्सकका महासचिव गेन्द्र लामाले बताए ।


विजयी प्रथम, द्धितीय र तृतीय हुने विद्यालयलाई ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ ।


विद्यायल/विद्यालय विचमा असल सम्बन्ध कायम गर्नका लागि प्याब्सकले यस वर्ष पनि प्रिन्सिपल फुटसल कप आयोजना गर्न लागेको अध्यक्ष नारायण बाबु तिम्सिनाले बताए ।
नकआउट चरणमा हुने उक्त प्रतियोगिताको बुधबार नै गोलाप्रथाद्धारा खेल तालिका तयार गरिएको छ ।


पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नारायण बाबु तिम्सिना एवं पदाधिकारी, विभिन्न स्कूलका प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो ।

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार