आइतवार, कार्तिक ३, २०७६ | Sunday 20th October 2019

गोकर्णेश्वर नगरपालिकाको उत्कृष्ट शिक्षक सम्मान लक्ष्मी थापाललाई

३० भदौ, काठमाडौँ ।
गोकर्णेश्वर नगरपालिका वडा नम्वर ७, दक्षिणढोकामा रहेको सनसाइन किड्स स्कूलकी संस्थापक प्रिन्सिपल लक्ष्मी थापालाई उत्कृष्ट शिक्षक सम्मान प्रदान गरिएको छ ।
भाद्र २२ गते आइतबार गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको ‘४०औँ शिक्षा दिवस एवं अन्तराष्ट्रिय साक्षरता दिवस विशेष कार्यक्रम’ को अवरमा प्रिन्सिपल थापालाई ‘उत्कृष्ट शिक्षक सम्मान’ प्रदान गरेको हो । प्रिन्सिपल थापा सहित ६ जनालाई नगरपालिकाले उत्कृष्ट शिक्षक सम्मान गरेको थियो ।


ADVERTISEMENT


हालको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ३, आलापोटमा २०४२ असोज १२ गते जन्मिएकी थापाले शैक्षिक क्षेत्रको उन्नयनका लागि करिब डेढ दशक विताई सकेकी छिन् ।
२०६० सालदेखी अनिता मिलन स्कुल बुढानिलकण्ठ भगांलबाट सेवा शुरु गरेकी उनले विग बुद्ध एकेडेमीको सह–प्राचार्य भइ सेवा गरिसकेकी छिन ।
नेपाल मण्टेश्वर ट्रेनिङ्ग सेन्टरबाट मण्टेश्वरी ट्रेनिङ्ग प्राप्त गरि सनसाइन किड्स स्कूल सञ्चालन गर्दै आएकी उनले विभिन्न सरकारी, गैर सरकारी तथा संस्थागत विद्यालयलाई निःशूल्क मण्टेश्वरी ट्रेनिङ्ग गर्दै आएकी छिन् ।

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार