आइतवार, भदौ ८, २०७६ | Sunday 25th August 2019

अध्यक्ष ढुंगेललाई ‘वेष्ट इभेन्ट डाइरेक्टर’ अवार्ड

३० श्रावण, काठमाडौँ ।
भवानी इन्टरटेनमेन्टका अध्यक्ष एवं एभेन्ट म्यानेजमेन्ट एसोसियसन नेपाल (इमान) का सचिव सोनित राज ढुंगेलले ‘वेष्ट इभेन्ट डाइरेक्टर अवार्ड–२०१९’ हात पारेका छन् ।


ADVERTISEMENT


स्टार अफ किङ कतारले आयोजना गरेको ‘स्टार इन्टरनेशनल अवार्ड–२०१९’ बाट अध्यक्ष ढुंगेलले ‘ वेष्ट इभेन्ट डाइरेक्टर अवार्ड’ हात पारेका हुन् ।


विगत ५ वर्षदेखि निरन्तर मिस एभरेष्ट नेपाल, मिस एसईई स्टार, विभिन्न स्कूल÷कलेजका सुन्दरी प्रतियोगिता तथा विभिन्न ट्यालेन्ट शोको आयोजना गर्दै आएका ढुंगेलले काष्ठमण्डप टेलिभिजनमा ‘शैक्षिक सारथी’ कार्यक्रम समेत सञ्चालन गर्दै आएका छन् ।


‘स्टार इन्टरनेशनल अवार्ड–२०१९’ श्रावण २८ गते रेजेन्सी हल कतारमा भएको थियो । जसमा उत्कृष्ट डे्रस डिजाइनरतर्फ सविता अधिकारी, उत्कृष्ट लोक गायकतर्फ प्रकाश सपुत, उत्कृष्ट रिमिक्स गीत गायकतर्फ विनोदराज ढुंगेल, उत्कृष्ट युगल गायकतर्फ द्धय रामकृष्ण श्रेष्ठ, मिलन अमात्य, उत्कृष्ट मेकअप आर्टिस्ट पुरषतर्फ टेकराज पाण्डे, उत्कृष्ट मेकअप आर्टिस्ट महिलातर्फ दिभिशा शर्मा, उत्कृष्ट म्युजिक भिडियो डाइरेक्टरतर्फ नव ढुंगेल, उत्कृष्ट व्युटी एक्पोर्टतर्फ सन्तोषी लामिछाने, उत्कृष्ट आधुनिक गीतकारतर्फ डा. दिया उपाध्याय, उत्कृष्ट आधुनिक गीत मोडलतर्फ पुष्प खड्का, उत्कृष्ट सह–अभिनेत्रीतर्फ सुष्मा अधिकारी, चर्चित कलाकारतर्फ आनन्द कार्की लगायतले विभिन्न ७२ विधामा कलाकारहरुले अवार्ड हात पारेका थिए ।


कतारका लागि नेपालका कार्यबाहक राजदूत लक्ष्मण खनालले कलाकारहरुलाई अवार्ड पद्रान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार