आइतवार, भदौ ८, २०७६ | Sunday 25th August 2019

वीपी राजमार्ग एकतर्फी खुल्यो

लेदो माटोसहितको पहिरो खसेपछि अवरुद्ध भएको वीपी राजमार्ग एकतर्फी खुलेको छ ।काभ्रेको नमोबुद्ध नगरपालिका-५ लाफ्कोटमा लेदो माटोसहितको पहिरो खसेपछि गएरातिदेखि बाटो अवरुद्ध भएको थियो ।


ADVERTISEMENT

डोजरले माटो पन्छाएपछि बिहानपख बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

बाटो बन्द हुँदा काठमाडौंतर्फबाट जाने गाडीलाई काभ्रेमा र पूर्वतर्फबाट आउने गाडीलाई सिन्धुलीमा रोकिएको थियो ।एकतर्फी बाटो खुलेपछि गाडीहरु पालैपालो गन्तव्यमा जान थालेका छन् । क्रसरको लेदो माटो खस्दा बाटो बन्द हुने र डोजरको सहायताले खुलाउने गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार