मङ्लबार, असार ३१, २०७६ | Tuesday 16th July 2019

प्रताप दासको स्वरमा ‘जुनसँग दाँजी हेरेँ’

काठमाडौँ – नेपाल आइडल सिजन १ का सेकेन्ड रनर अप प्रताप दासको स्वरमा नयाँ गीत ‘जुनसँग दाँजी हेरेँ’ को भिडियो सार्वजनिक गरिएको छ । उनलाई गीतमा गायिका पुजा सुनारले साथ दिएकी छन् । इन्द्र आर पीको शब्द सँगीतमा तयार भएको गीतमा बिनोद केसीको निर्देशन तथा छायांकन रहेको छ । भिडयोको सह निर्देशनमा मिलन मिश्रले गरेका छन् ।

अष्ट्रेलियामामा खिचिएको भिडियोमा अभिनय देव बहादुर नेपाली र सुरबी मानन्धरको रहेको छ । कृष्ण भण्डारीले सम्पादन गरेको भिडियोमा कलाकारलाई नचाउँने काम किरण थापा मगरले गरेका हुन्।


ADVERTISEMENT

प्रतिक्रिया

सम्बन्धित समाचार