बिहिबार, अशोज ३०, २०७६ | Thursday 17th October 2019

क्षमता भएका यूवाहरुले नेतृत्व पाउनुपर्छः युुवा नेता राई

पढेलेखेका यूवाहरु राजनीतिलाई फोहोरी खेलको रुपमा चित्रण गर्दै राजनीतिमा आउनै चाहदैनने । आफ्नो पढाई पश्चात कोही विदेसिन्छन् त कोही आफ्नै काम धन्दातिर लाग्छन । तर धरानका सागर राई पढाईपछि आफ्नै ठाउँ फर्के र सामाजिक काम गर्दै राजनीतिमा होमिए । अहिले उनी नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’संग आबद्ध छन । उनै राईसंग समसामयिक युवा राजनीति विषयमा केटिएम खबरका लागि रवि भट्टराईले विशेष संवाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः


ADVERTISEMENT

यहालाई स्वागत छ ।
धन्यबाद ।

तपाई यूवा ब्यक्तित्व केमा ब्यस्त हुनुन्छ ?
मुलत म सामाजिक काममै ब्यस्त रहन्छु । राजनीतिक काम त खासै छैन भन्नु पर्छ । चुनाबताका अलि ब्यस्तै भईयो तर अहिले जनजिविकाको सामाजिक काममा ब्यस्त छुु ।

यहाँ जस्तो यूवा मान्छे राजनीतिमा सामेल हुँदै गर्दा कस्ता अप्ठ्याराहरु आउने गर्छन ?
राजनीति भन्ने वित्तिकै समाजले नेगेटिभ रुपमा हेर्ने गर्छ । त्यसै पनि हामी यूवा सक्रिय रुपमा राजनीतिमा लाग्दै गर्दा धेर थोर पारिवारिक, आर्थिक, सामाजिक अप्ठ्याराहरु आउनु स्वभाविकनै हो । तर हामी यूवाहरु नलागेसम्म परिवर्तन सम्भब छैन भन्ने लागेर सामाजिक कार्यहरुमा होमिएको हुँ ।

यूवाहरु राजनीतिमा विकर्षण भईरहेको अबस्थामा तपाई चाही कसरी आकर्षित हुनुभयो ?
अहिलेको समाजको जुन किसिमको बनोट छ । यहा सरकारले वा कुनै नेताले यो गर्यो यो गरेन भन्दापनि मुलभुतरुपमा तल्लो स्तर देखिनै त्रुटीहरु छन । स्थानिय स्तरदेखिनै समस्याहरुछन र तेस्ता समस्याहरु हामी नलागे सम्म समाधान हुदैनन भन्ने एउटा पाटो हो । अर्को तर्फ राजनीतिक चेत हो । कसरी समाज परिवर्तन गर्न सकिन्छ त ? भन्ने चेतको कारणले नै म राजनीतिमा आकर्षित भएको हु जस्तो लाग्छ ।

राजनीतिमा लागेर केही पाईदैन भन्ने यूवाहरुको नैराश्यता छ ?, यसलाई कसरी बुझ्नु भएको छ ?
समाजमा नेगेटिभ कुराहरु देखिएको छ । जस्तै भ्रष्टाचार, बेथिती, अराजकता जस्ता कुराहरुले यूवाहरु निराश हुनु स्वभाविक हो । तर यसलाई यत्तिकै छोड्ने त ? यो महत्वपुर्ण प्रश्न हो । यत्तिकै छोड्ने हो भने हामी नलाग्ने हो भने त परिवर्तन कसरी हुन्छ त ? त्यस कारण यसलाई चिर्नको लागि हामी जस्तो यूवा लाग्न जरुरी छ । फेरी भ्रष्टाचार भन्ने कुरा तत्काल उब्जिएको कुरा त हैन विगत लामो समयदेखि हुदै आयो र यसलाई निर्मुल पार्नको लागी हामी यूवाहरु तलदेखि नै जगरुक हुनु पर्छ भन्ने लाग्छ ।

तपाई ठ्याक्कै भन्न सक्नु हुन्छ के कारणले यूवा राजनीतिमा विकर्षण हुदै छन् ?
त्यस्तो एकुरेट डाटा त म भन्न नसकौला तर म एक यूवा र मैले छातीमा हात राखेर भन्नु पर्दा देशको सामाजिक बनावट, बेथिती र भ्रष्टाचार, समाजमा घट्ने घटनाहरुको स्थिती देशको आर्थिक संरचनालाई नियाल्दा मलाई पनि रातमा निर्दा पर्दैन । हो यही चेतनाको कारण यूवाहरु पलायन भएका हुन सक्छन ।

देशका मुल प्रबाहमा रहेका राजनीतिक दलले यूवाहरुलाई किन आकर्षित गर्न सकिरेहेका छैनन् ?
समग्रमा भन्नु पर्दा विगत लामो समयबाट देशका केही राजनीतिज्ञहरु कुसँस्कारको सिकार भए जस्तो देखिन्छ । एक किसिमले राजनितिले समाजलाई डोर्याउनु पर्ने थियो तर अहिले चाहि राजनीतिक दलका नेताले कार्यकर्ता मात्र लिएर हिडेको जस्तो देखिएको छ । अहिले आएर झन भ्रष्टाचार र बेथितीले गाजेको छ । यसलाई समाधान गर्नको निमित्त एउटा ठुलै उथल–पुथल हुनु पर्छ र यो हुन्छ अनि मात्र यूवाहरु आकर्षित हुन्छन भन्ने लाग्छ ।

तपाई त गीत–संगित क्षेत्रमा पनि सक्रिय हुनु हुन्छ भन्ने सुनिन्छ नि ?
हो म समाजिक कार्य गरेर बाकी रहेको समय यो क्षेत्रमा पनि छु ।

गीत संगितले समाजको चेत बदल्छ भनियो भने सत्य हुन्छ ?
पुर्ण रुपमा हैन तर केही हदसम्म कला साहित्य संगीतले सोचमा परिवर्तन ल्याउन सक्छ । तर पुर्ण रुपमा समाजको चेत बदल्नको लागि राजनीतिनै विकल्प हो । तर मैले सँस्कृतिक रुपमा परिवर्तन गर्नुपर्छ भन्ने गरेको छु ।

तपाईको पार्टी सत्तामा छ, अहिलेको राज्यसंग तपाई सन्तुष्ट हुनुन्छ ?
पुर्ण रुपमा सन्तुष्ट हुने आधार अहिलेनै चाहीँ छैन । किन छैन भनेदेखि समाजमा बिभिन्न बेथितीहरु यथावत छन । मुलत मुलुक कता जान्छ भन्ने चासो आम यूवामा छ । र राजनीति स्थिर भए जस्तो छैन ।

यूवा पुस्तालाई राजनीतिक रुपमा माथी उठ्न दिईदैन भन्ने गरिन्छ यो कुरा साचोँ हो ?
हाम्रो सँस्कार यस्तो छ । तर क्षमता छ भने कसैले रोकेर र छेकेर छेकिनेवाला छैन र पनि रोक्न खोजिन्छ । यो समाजको बनावटनै त्यस्तै छ । र त्यसको प्रभाब धेर थोर पर्ने भई हाल्यो । हो समाजको संस्कारनै यस्तो भई रहेको छ । यूवालाई रोक्ने प्रयास गरिने कुरा सत्य हो । तर अबका दिनमा क्षमता भएका यूवाहरुले नेतृत्व पाउनु पर्छ भन्ने लाग्छ ।

तपाई यूवाहरु चाहीँ पार्टी भित्र र बिभिन्न बैठकहरुमा कस्तो भुमिका खेल्दै आउनु भएको छ ?
मुलत यही नै हो । आफ्नो पार्टीलाई मजबुत बनाउने र यूवाहरुलाई बढिभन्दा बढि स्पेस दिनु पर्छ भन्ने कुरानै हाम्रो रहन्छ ।

तपाई धरानलाई आधार बनाएर समाजिक कामहरु गर्नु हुन्छ, त्यहाका समस्याहरु के–के छन ?
भर्खर संघियताको अभ्यास भएकोले केही समस्याहरु हुनु स्वभाविक नै भयो । चुनाव पछी केहि आशा अपेक्षा थियो तर निराशा हुनु पर्ने नै त देखिदैन । तर सुरुवाती चरणमा खुशिनै हुनु पर्ने स्थिति छैन तर हुदै जाने छ आशा राखौ । धरानको सवालमा अन्य कुराहरु त सामान्य चलिनै रहन्छ तर त्यहा विपी हस्पिटलको बिवादले विरामीहरु अप्ठ्यारोमा पर्दै आएका छन र अन्य आम समस्याहरु त छदैछन ।

अन्त्यमा के भन्नु हुन्छ ?
आम रुपमा मेरो ब्यक्तिगत कुरा भन्नु भन्दा पनि, ब्यक्तिगत रुपमा राजनीतिक प्लेटफर्म पाईएन भने पनि निराशा नभई सामाजिक कार्यमा लाग्दै समाज र राष्ट्रलाई केही योगदान दिन सम्पुर्ण यूवाहरुलाई आग्रह गर्दछु ।

समय र संवादको लागी धन्यबाद ।
धन्यबाद ।

यूवानेता सागर राईसंग गरिएको भिडियो कुराकानी तलको युटुब लिंकमा जानुहोस्ः

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार