मङ्लबार, मंसिर ३, २०७६ | Tuesday 19th November 2019

असन्तुष्ट वामदेव गौतमलाई ओली–प्रचण्डले बनाए अध्यक्ष !

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यशैली देखेर लामो समयदेखि असन्तुष्ट रहेका वामदेव गौतमलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष बनाएका छन् ।


ADVERTISEMENT

नेकपा सचिवालयको निर्णयअनुसार सचिवालय सदस्य बामदेव गौतमलाई किसान महासंघको अध्यक्ष बनाइएको छ । गौतम संयोजक र सहसंयोजकमा पूर्वमाओवादीका सहसंयोजकमा चित्रबहादुर श्रेष्ठ चयन भएका छन् ।

पार्टी एकता भएको एक बर्षपछि जनवर्गीय संगठनको संयोजक र सहसंयोजकको टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार सम्पन्न सचिवालय बैठकले पूर्वएमाले र पूर्वमाओवादीको भागबण्डा गरी संयोजक र सहसंयोजकको टुंगो लगाएको हो ।

प्रेस संगठन नेपालको संयोजकमा महेश्वर दाहाल र सहसंयोजकमा गणेश बस्नेत चयन भएका छन् । संयोजक दाहाल पूर्वमाओवादी भातृसंगठन प्रेस सेन्टर नेपालका अध्यक्ष र सहसंयोजक बस्नेत पूर्वएमाले भातृसंगठन प्रेस चौतारी नेपालका अध्यक्ष हुन् ।

पेशागत महासंघमा विश्वनाथ प्याकुरेल संयोजक र दयाराम बस्याल सहसंयोजक भएका छन् । प्याकुरेल पूर्वएमाले र बस्याल पूर्वमाओवादी हुन् । भूपू सैनिकमा पूर्वएमालेका धनबहादुर चन्द र सहसंयोजकमा पूर्वमाओवादीका मिठाराम केसी, अपांगतातर्फ पूर्वमाओवादीका इन्द्रमाया गुरुङ र सहसंयोजकमा पूर्वएमालेका रामप्रसाद ढुंगाना चयन भएका छन् ।

जनसांस्कृतिक महासंघमा पूर्वएमालेका खगेन्द्र राई संयोजक, पूर्व माओवादीका सरल सहयात्री सहसंयोजक, उद्योगी व्यवसायीमा पूर्वएमालेका लक्ष्मीदास मानन्धर संयोजक, पूर्व एमालेका श्याम पाठक सहसंयोजक, खेलकुद महासंघमा पूर्व एमालेका पुरुषोत्तम पौडेल संयोजक, पूर्वमाओवादीका शिव कोइराला सहसंयोजक, बुद्धिजीवीतर्फ पूर्वएमालेका डा. दिनेशचन्द्र देवकोटा संयोजक, पूर्व माओवादीका कृष्ण केसी सहसंयोजक, भूमीहीनतर्फ पूर्व एमालेका रामप्रित पासवान संयोजक र पूर्व माओवादीका पदम राई सहसंयोजक भएका छन् ।

जनजाति महासंघमा पूर्व माओवादीका सुरेश आलेमगर संयोजक, पूर्व एमालेका शेरबहादुर तामाङ सहसंयोजक, मानवअधिकार एलाइन्समा पूर्व एमालेका मीनबहादुर शाही संयोजक, पूर्व माओवादीका हुकुम पोखरेल, सहसंयोजक, दलितमा पूर्व माओवादीका तिलक परियार संयोजक, पूर्व एमालेका बमबहादुर बिक सहसंयोजक, मुस्लिमतर्फ पूर्व एमालेका सिराज अहमद फारुकी संयोजक र पूर्व माओवादीका अत्तहर हुनेस फारुकी सहसंयोजक, महिलातर्फ पूर्व माओवादीकी अमृता थापा संयोजक, पूर्व एमालेकी सीता पौडेल सहसंयोजक चयन भएका छन् ।

मजदुरतर्फ पूर्व एमालेका विनोद श्रेष्ठ संयोजक, पूर्व माओवादीका जगत सिंखडा सहसंयोजक, युवातर्फ पूर्व माओवादीका रामप्रसाद सापकोटा ‘दिपशिखा’ संयोजक र पूर्व एमालेका रमेश पौडेल सहसंयोजक तथा विद्यार्थीतर्फ पूर्व एमालेका ऐन महर संयोजक र पूर्व माओवादीका रञ्जित तामाङ सहसंयोजक चयन भएका छन् ।

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार