बिहिबार, साउन २, २०७६ | Thursday 18th July 2019

सामाजिक सन्जालमा तस्बिर भाइरल, के हो यथार्थ

विराटनगर – प्रदेश १ का एकजना कम्युनिस्ट मन्त्रीले आफैले बनाएको कार्यविधिलाई मिचेर ‘खाजा घर’को उद्घाटन गरेका छन् । सामाजिक विकासमन्त्री जीवन घिमिरेले बिहीबार विराटनगरमा ‘खाजा घर’को उद्घाटन गरेपछि आलोचना भएको हो ।


ADVERTISEMENT

मन्त्रालयमा कामकाज नभएपछि मन्त्री घिमिरे झिनामसिना कार्यक्रमको उद्घाटन र रिबन काट्न हिँड्ने गरेको चर्चा हुन थालेको छ । मन्त्री घिमिरेले केही समयअघि पत्रकार सम्मेलन गरेर मन्त्रालयबाहेकको कार्यक्रममा नजाने घोषणा गरेका थिए ।

सरस्वती ओझा र निलम ढुंगेलले विराटनगरको सात घुम्तीमा सञ्चालन गरेको ‘लाफिङ खाजा घर’ को मन्त्री घिमिरेले चम्चाले बेलुन फुटाएर उद्घाटन गरेका छन् ।

खाजा घर उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य सावित्राकुमारी रेग्मी पनि सहभागी थिइन् । घिमिरेले मन्त्री पदकाे गरिमा बचाउन नसकेकाे भनेर बिराेध भइरहेकाे छ । नेकपाका नेताहरूले पनि मन्त्री घिमिरेकाे आलाेचना गरिरहेका छन् ।

मन्त्रालयको योजना कार्यान्वयनका साथै अन्य काम प्रभावित भइरहेको भन्दै औपचारिक कार्यक्रममा नजाने घोषणा गरेका मन्त्री घिमिरेले आफ्नी बहिनीहरूले सञ्चालन गरेको खाजा घर भएकाले प्रोत्साहन गर्नका लागि आफू व्यक्तिगत रुपमा उद्घाटन गर्न गएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार