मङ्लबार, मंसिर ३, २०७६ | Tuesday 19th November 2019

चारुस्याट विश्वविद्यालय नेपाली विद्यार्थीका लागि आदर्श गन्तव्य बन्दै

गुजरात ।
चारुस्याट (चारोटार युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी) भनिने भारतको गुजरातस्थित ‘क’ वर्गको विश्वविद्यालय एनएएसीको एउटा आंगिक इन्स्टिट्युट पि.डी. पटेल इन्स्ट्यिुट अफ अप्लाइड साइन्स (पिडिपिआइएएस) भारत सरकारको एमएचआरडीको नेसनल इन्स्टिट्युसनल ¥यांकिङ फ्रेमवर्क (एनआइआरएफ) २०१९ को २६औं स्थानमा परेको छ ।
मातृ संस्था श्री चारोटार मोती सट्टाभिस लियुभा पाटिदार समाज–मात्रुसंस्थाको एक सय २० वर्ष पुरानो विरासतअन्तर्गत समाज सेवामा राम्रो गर्नका लागि श्री चारोटार मोती सट्टाभिस पटिदार केलाभानी मन्डललाई सन् १९९४ मा स्थापना गरिएको हो ।
सन् २००० देखि १२० भन्दा बढी पर्याप्त हरियाली वातावरणमा फैलिएको शैक्षिक क्याम्पसलाई सञ्चालन गरिरहेको यही ट्रस्टले वफादारिता, सत्यता, पारदर्शिता र सामाजिक प्रतिबद्धतालाई आफ्नो सफलताको प्रमुख कारणका रूपमा लिने गरेको छ ।
आफ्नो पहिलो चक्रमै एनएएसी (नेसनल एसेसमेन्ट एन्ड अक्रेडिएसन काउन्सिल)द्वारा ‘क’ वर्गको मान्यता प्राप्त गर्ने गुजरातको पहिलो निजी विश्वविद्यालय बन्नुले पनि यो विश्वविद्यालयको सफलता प्रमाणित भएको छ ।
दिशानिर्देशनप्रति कडा वफादारिता र विश्वविद्यालय अनुदान आयोग, एआइसिटिई, पिसिआई, एनसिआई, एनबिए आदि नियमनकारीहरुको स्वीकृति यसको सफलताको पछाडिका कारण हुन् ।
गुणस्तर खोज्ने नेपाली विद्यार्थीका लागि चारुसाट एउटा रुचाइएको गन्तव्य बनिरहेको छ । शैक्षिक सत्र २०१७–१८ का दौरान भारत सरकारको पूर्ण छात्रवृत्तिमा आफ्नो एमबिए कार्यक्रमका लागि विश्वविद्यालयले पहिलो नेपाली विद्यार्थीलाई भर्ना गरेको थियो । त्यसको अर्को वर्ष सो संख्या १० गुणाले वृद्धि भयो ।


ADVERTISEMENT

‘नेपालको क्षमतावान् विद्यार्थी समुदायसँग मेल खान सक्नु नै हाम्रो शैक्षिक पहुँच हो र यसले धेरैभन्दा धेरै विद्यार्थीहरु क्याम्पसमा आकर्षित भएका छन्,’ विश्वविद्यालयको अन्तर्राष्ट्रिय विद्यार्थी सेलका प्रमुखले बताएका छन् ।
नयाँ दिल्लीको एआइयु र एसोसियसन अफ कमनवेल्थ युनिभर्सिटी (युके)को सदस्यताले पनि अन्तर्राष्ट्रिय समुदायमा देखिन आफूहरुलाई सजिलो भएको उनले उल्लेख गरे । त्यसैगरी नेपाल फार्मेसी काउन्सिल (एनपिसी)का प्रतिनिधिमण्डलले गरेको क्याम्पस भ्रमणका साथै एनसिपी र नेपाल हेल्थ प्रोफेसनल काउन्सिल (एनएचपिसी)मा चारुस्याट सूचीकृत हुनुले पनि यसमा भर्ना हुन विद्यार्थी र अभिभावकमा आत्मविश्वास बढेको चारुस्याटका लागि नेपाल प्रतिनिधि केआइइएका निर्देशक अरबिन्द सिंहले बताए ।
उत्कृष्ट तरिकाले मिश्रण गरिएको शैक्षिक पाठ्यक्रमले विद्यार्थीको समग्र विकास बढाउनका लागि अवसर प्रदान गरेको छ । शैक्षिक आदानप्रदान, अनुसन्धान र विकासका लागि विश्वभरका विभिन्न विश्वविद्यालयसँग रहेको यसको साझेदारीले विद्यार्थीको विकासका लागि पर्याप्त अवसर प्रदान गरेको छ ।
विश्वविद्यालयको सामथ्र्यता विभिन्न तहमा देखिएको छ । जस्तै ः गुजरात राज्य सरकारको जिएसआइआरएफ २०१९ले गुजरतामा रहेका इन्जिनियरिङ कलेजमध्ये यसको इन्जिनियरिङ इन्स्टिट्युटलाई टप ¥यांकमा राखेको छ र भारत सरकार एमएचआरडीको एनआइआरफ २०१९ले १५० वटा विश्वविद्यालयलाई ¥यांकिङ गरेकोमा यसलाई टपमा राखेको छ ।
आइएसआरो, डिआरडिओ, बिएआरसी, डिएसटी, जियुजेसिओएसटए र अन्य कैयौं राष्ट्रिय र अन्तर्राष्ट्रिय संगठनसँगका आयोजना र अनुसन्धान सहकार्यताले अनुसन्धानतर्फ पनि यसको बलियो अभिमुखिकरण रहेको देखाएको छ ।
चारुस्याटको टे«निङ र प्लेसमेन्ट सेलले पनि विद्यार्थीलाई औद्योगिक प्लेसमेन्ट गतिविधिका लागि सक्रिय रूपमा सुविधा प्रदान गरिरहेको छ र यो मितिसम्ममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीमा १० हजारभन्दा बढीलाई प्लेसमेन्ट गरिसकेको छ ।
चारुस्याटले इन्जिनियरिङ, म्यानेजमेन्ट, नर्सिङ, अप्लाइड साइन्स, फार्मेसी, फिजियोथेरापी, पारामेडिकल र कम्प्युटर एप्लिकेसन फिल्डमा आफ्ना नौ वटा विभागहरुबाट हाल अन्डरग्य्राट, पोस्टग्य्राट र पिएचडीसम्ममा विभिन्न ७२ वटा कोर्स सञ्चालन गरिरहेको छ । सामाजिक प्रतिबद्धताको रूपमा चारुस्याटले प्रत्येक वर्ष भारतलगायत नेपाल, भुटन र अन्य देशका शंसनीय विद्यार्थीहरुलाई विभिन्न प्रकारका छात्रवृत्तिसमेत प्रदान गर्ने गरेको छ ।

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार