शनिबार, कार्तिक २, २०७६ | Saturday 19th October 2019

सूचनाको अधिकार नै लोकतन्त्रको जग स् आयुक्त पोख्रेल

३१ वैशाख, रामेछाप ।
राष्ट्रिय सूचना आयोगका आयुक्त किरणकुमार पोख्रेलले सूचनाको अधिकार नै लोकतन्त्रको जग भएको बताएका छन्। सूचना आयोगले सोमबार सदरमुकाम मन्थलीमा आयोजना गरेको सूचनाको हक सम्बन्धी अभिमूखीकरण कार्यक्रममा बोल्दै उनले बताएका हुन् ।


ADVERTISEMENT

संघीय लोकतान्त्रिक गणतन्त्र टिक्ने कि नटिक्ने भन्ने कुरा सूचनाको हकसँग जोडिने उनले बताए । ‘लोकतन्त्रको अन्तिम विकल्प संघीय लोकतान्त्रिक गणतन्त्र हो । यसमा नागरिकको वितृष्णा जाग्यो भने जाने अर्को विकल्प छैन । त्यसैले नागरिकलाई शासन व्यवस्थाप्रति अपनत्व दिलाउन सूचन दिनुपर्छ,’ उनले भने ।

नागरिकको सर्वोच्चता स्वीकार गरी शासन व्यवस्थामा नागरिक सहभागिता बढाउने हो भने नागरिकको सूचनाको अधिकारलाई सुनिश्चित गर्नु पर्ने उनको भनाइ छ ।
उनले पत्रकारिता पेशालाई पुजनीय बनाउन पनि आग्रह गरे । हचुवाको भरमा समाचार लेख्दा पत्रकारिता क्षेत्र आलोचित भएको बताउँदै कम्तिमा उनले अपराध,

सार्वजनिक खरिद, भ्रष्टाचार र अनुसन्धानमुलक समाचार लेख्दा सूचनाको हकसम्बन्धी कानूनको प्रयाग गर्न सुभाए ।

कार्यक्रममा सूचना आयोगका सचिव मणिराम ओझा, रामेछापकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसीलगायतले सूचनाको हकसम्बन्धी ऐन र यसको प्रयोगको अवस्थाको बारेमा बोलको थिए ।

कार्यक्रममा नागरिक समाजका अगुवा र पत्रकारहरुले जिल्लामा नागरिकको सार्वजनिक निकायलको सूचनामा पहुँच नभएको गुनासो गरेका थिए ।

सूचना अधिकारी एवंम कार्यालय प्रमुखहरुले भने सूचनाको हक सम्बन्धी ऐनको प्रयोगको अभ्यास भइरहेको बताएका थिए ।

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार