सोमवार, जेष्ठ १२, २०७७

अनुश्का बनिन् मिस नेपाल २०१९

अनुश्का बनिन् मिस नेपाल २०१९


  • KTM Khabar
  • बिहिबार, बैशाख २६, २०७६

काठमाडौं :

सन् २०१९ को मिस नेपाल वर्ल्डको उपाधि अनुश्का श्रेष्ठले जितेकी छिन् । २५ प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेपालको उपाधि श्रेष्ठले जितेकी हुन् । उनलाई गत वर्षकी मिस नेपाल वर्ल्ड शृङखला खतिवडाले क्राउन लगाइदिइन् । मिस नेपालको ताज पहिरिएकी उनले ‘मिस वर्ल्डमा प्रतिनिधित्व गर्नेछिन् ।

सँगै मिस नेपाल यूनिभर्सको उपाधि  प्रदिप्ता अधिकारीले जितेकी छिन् । मिस नेपाल अर्थको उपाधि रीया बस्नेतले हात पारेकी छिन् । त्यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि मीरा कक्षपतिले र मिस नेपाल सुप्रानेशनल रोज लामाले जितेकी छिन्।

बिहिबार राति सम्पन्न मिस नेपाल २०१९ द हिडेन ट्रेजरले आयोजना गरेको मिस नेपालको फाइनल प्रतिस्पर्धा राजधानीको अन्नपूर्ण होटलमा भएको थियो ।


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट