सोमवार, साउन ६, २०७६ | Monday 22nd July 2019

नयाँशक्ती बाट समाजवादीमा बावुराम र हिसिला मात्रै !

कुनै बेला थियो आफ्नो पार्टीका मात्रै होइन विपक्षी समेत बावुरामलाई काम गर्न देउ भन्दै सडकमा आएका थिए । मनोविज्ञान नै यस्तो थियो कि अब नेपालमा जे गर्छन बावुरामले मात्रै गर्छन । पछिल्ला केहि बर्ष यता उनै बावुरामको यात्रा निरन्तर ओरालो लागिरहेको छ । १० बर्ष लामो जनयुद्धको रापताप बाट उदाएका बावुरामको राजनितिक जीवन निकै अस्थिर र उताढचडावपुर्ण वितिरहेको छ । निकै तामझामका साथ नयाँ शक्ति पार्टी नेपालको स्थापना गरेका भट्टराइले दोकान बन्द हुने स्थिति आएपछि उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी पार्टी नेपाल सँग एकता गरे ।


ADVERTISEMENT

एकता पश्चात एक ऐतिहासिक निर्णय बन्दै खुसि भएका बावुरामलाई पहिलो गाँसमै ढुङ्गा भने जस्तो भएको छ ,कारण अलिअलि बचेखुचेका तत्कालिन नयाँशक्तिका नेता कार्यकर्ताले पनि फोरम सँग पर्याप्त छलफलनै नगरि पार्टी एकता गरेकाले सो पार्टीमा आफुहरु जान नसक्ने भन्दै चेतावनि दिइरहेका छन् । बावुरामलाई साथ दिएका देवेन्द्र पौडेल खिमलाल देवकोटा जस्ता हाइप्रोफाइलले त उति बेलै उनि बाट पार नलाग्ने भन्दै आफ्नो बाटो लागीसकेका थिए भने अन्तिम अवस्था सम्म पनि बावुरामको साथ नछोडेका कल्पना धमला, देवेन्द्र पराजुली, रामरिझन यादव, मदन राई, भक्तबहादुर शाह, सोनाम सिंह स्याङ्तान लगायतका उच्च तहका नेताले पनि बावुरामलाई चेतावनि दिँदै पार्टी परित्यागको तयारी गरेका छन् ।

विश्वस्त स्रोतका अनुसार तत्कालिन नयाँशक्तिका नेताहरु समाजवादीमा जानु भन्दा राम्रो बार्गेनिङ गरेर सत्तारुढ नेकपामा प्रवेश गर्ने तयारी गरिरहेका छन् । तत्कालिन नयाँ शक्तिका संयोजक भट्टराइले नवगठित समाजवादी पार्टी केन्द्रिय परिषद अध्यक्ष बने पछि पत्नी हिसिला यमि लाई उपाध्यक्ष बनाएका थिए ।

पुराना क्रियाशिल नेता कार्यकर्ता लाई वास्ता नगरेर आफ्ना लागी मात्रै सेटल गर्न थाले पछि सो पार्टी भित्र असन्तुष्टि चुलिएको हो । नयाँ शक्ति पार्टीबाट असन्तुष्ट एक नेताले ओटीभी नेपाल सँग कुराकानी गर्दै बावुराम भट्टराईले आफ्नो व्यवहार नसच्याए नयाँ शक्ती पार्टी बाट समाजवादी पार्टीमा जाने बावुराम र हिसिला मात्रै हुने चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार