शनिबार, कार्तिक २, २०७६ | Saturday 19th October 2019

बार्सिलोनालाई स्तब्ध पार्दै लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा

दोस्रो लेगमा अविश्वसनिय प्रदर्शन गर्दै स्पेनिस क्लब बार्सिलोनालाई ४–० ले हराएपछि इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।


ADVERTISEMENT

पहिलो लेग ३–० ले गुमाएको लिभरपुलले घरेलु मैदानमा बार्सिलोनामाथि जित निकाल्दै समग्रमा ४–३ गोलअन्तरमा फाइनल प्रवेश गरेको हो ।
जितसंगै लिभरपुल लगातार दोस्रो वर्ष च्याम्पियन्स लिगको फाइनल पुग्न सफल भएको छ । डिभोक ओरिगी र परिवर्तिन जिओर्जिनिओ वाइनाल्डमले २-२ गोल गरेपछि लिभरपुलले अविश्वसनिय जित हासिल गरेको थियो । ओरिगीले सातौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको सुरुमै वाइनाल्डम एन्ड्रियु रोबर्टसनको स्थानमा मैदान प्रवेश गरेका थिए । प्रशिक्षक योर्गेन क्लोपको यो रणनीतिलाई वाइनाल्डमले सहि प्रमाणित गरिदिए । उनले ५४ औं मिनेटमा गोल एलेजेन्डर आर्नोल्डको लो क्रसमा गोल गरेका थिए । त्यसको दुई मिनेटपछि जेर्डान साकिरीको क्रसमा वाइनाल्डमले हेडमार्फत टोलीका लागि तेस्रो गोल गरेका थिए ।

खेल सकिन ११ मिनेट बाँकी रहँदा ओरिगीले कर्नरबाट आएको बललाई गोलमा परिणत गरेका थिए । ट्रेन्ट अलेकजेन्डर अर्नोल्डले कर्नरमा दिएको चलाखीपूर्ण बलमा ओगिरीले गोल गरेपछि समग्रमा लिभरपुलले अग्रता लिएको थियो । लिभरपुलको अविश्वसनीय जितमा टोलीले उच्च प्रदर्शन गर्दा घाइते मोहम्मद सलाह र रोबर्टो फिर्मिनोको अभाव हुन दिएन ।

लिभपुरलले आयक्स र टोटेनहमको दोस्रो सेमिफाइनलको विजेतासँग म्याड्रिडमा फाइनल खेल्नेछ । पहिलो लेगमा आयाक्स १–० ले अघि छ । दोस्रो लेग आज राति टोटेनहमको मैदानमा हुदैछ ।

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार