शनिबार, कार्तिक २, २०७६ | Saturday 19th October 2019

आईपीएलः फाइनल प्रवेशका लागि आज चेन्नाई र मुम्बई भिड्दै

२४ वैशाख, काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच आज प्रतिस्पर्धा हुँदैछ ।


ADVERTISEMENT

घरेलु मैदानमा मंगलबार राति ७ बजेर ४५ मिनेटमा सुरु हुने प्लेअफको पहिलो क्वालिफायर राउण्डमा चेन्नाई जित हात पार्दै फाइनलमा पुग्ने लक्ष्यमा छ । यता, मुम्बई पनि चेन्नाईलाई पराजित गर्दै फाइनलमा पुग्ने लक्ष्यमा छ ।
जारी आईपीएलमा मुम्बई लिग चरणको विजेता बन्दै प्लेअफको पहिलो क्वालिफायर राउण्डमा प्रवेश गरेको हो । मुम्बईले १४ खेलमा ९ खेलमा जित र पाँच खेलमा हार ब्यहोर्दै १८ अंक बनाएर लिगको शीर्ष स्थानमा रह्यो ।

यता, साविक विजेता चेन्नाईले पनि ९ खेलमा जित र पाँच खेलमा हार ब्यहोर्दै १८ नै अंक बनायो । तर नेट रनरेटको आधारमा पछि पर्दै चेन्नाई लिगको दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायरमा प्रवेश गर्‍यो ।
आजको खेलबाट विजेता टिम फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टिमले इलिमिनेटर राउण्डबाट विजेता बनेर आएको टिमसँग दोस्रो क्वालिफायरमा फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । इलिमिनेटर राउण्डमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ ।

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार