शनिबार, कार्तिक २, २०७६ | Saturday 19th October 2019

केभीएसको ‘वार्षिकोत्सव, अभिभावक दिवस, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम’ सम्पन्न (भिडियो)

 


ADVERTISEMENT

काठमाडौँ ।
काठमाडौँ महानगरपालिका वडा नम्वर ९, सिनामंगल, गैह्रीगाउँमा रहेको काठमाडौँ विनायक शिक्षालय (के भी एस) ले ‘वार्षिकोत्सव, अभिभावक दिवस, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम’ सम्पन्न गरेको छ ।


फागुन ३० गते बिहिबार जमलमा रहेको राष्ट्रिय नाचघरको हलमा विशेष कार्यक्रमको आयोजना गर्दै ‘वार्षिकोत्सव, अभिभावक दिवस, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम’ सम्पन्न गरेको हो ।


पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा नेसनल प्याब्सनका निवर्तमान अध्यक्ष एवं पाणिनि एजुकेशन नेटवर्कका अध्यक्ष कर्ण बहादुर शाही, प्याब्सक अध्यक्ष बाल कुमार गुरुङ, कलाकार मिथिला शर्मा, नृत्य निर्देशक महेश गोदार, विभिन्न स्कुलका प्रिन्सिपल, के भी एस व्यबस्थापन टिम, शिक्षक, विद्यार्थी, अभिभावक लगायत शिक्षासंग सरोकार राख्ने विभन्न व्यक्तिहरुको उपस्थिति रहेका थियो ।


कार्यक्रमका प्रमुख अतिथि एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए ।


कार्यक्रममा के भी एसका विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य, गायन,  राइम्स प्रस्तुत गरेका थिए ।

यस्तै कार्यक्रममा राष्टिय बाल नाटक महोत्सवमा प्रथम हुन सफल नाटक समेत के भी एसका विधार्थीहरुले मंचन गरेका थिए ।


उक्त अवसरमा विभिन्न क्षेत्रबाट आफ्नो योगदान दिने व्यक्तिहरुलाई के भी एसले सम्मान गरेको थियो । जसमा अभिनेत्री मिथिला शर्मालाई ‘के भी एस दीर्घ कलाकार सम्मान’, बरिष्ठ नृत्य निर्देशक महेश गोदारलाई ‘के भी एस कलाकारिता सम्मान’, बरिष्ठ पत्रकार ऋषि धमलालाई ‘के भी एस पत्रकारिता सम्मान’, उप प्रां डा. गणेशराज अधिकारीलाई ‘के भी एस शिक्षा सेवा सम्मान’, सेर बहादुर कार्की (श्याम) लाई ‘के भी एस शिक्षा पत्रकारिता सम्मान’, शिवशक्ति आचार्यलाई ‘के भी एस सकारात्म पत्रकारिता सम्मान’, शोभराज बराललाई ‘के भी एस युवा पत्रकारिता सम्मान’, अक्कल बहादुर तामाङ्गलाई ‘के भी एस सामाजिक अभियान्ता सम्मान’, सोम खत्रीलाई ‘के भी एस समाजसेवा सम्मान’, राजेन्द्र शर्मालाई ‘के भी एस कानुन व्यावसायी सम्मान’, बालकृष्ण शर्मालाई ‘के भी एस उत्प्रेरक व्यक्तित्व सम्मान’, श्रृष्टि केसीलाई ‘के भी एस प्रेरणा पुञ्ज सम्मान’, तेज बहादुर कटुवाललाई ‘के भी एस शिक्षा सेवा सम्मान’, उत्तरा गौतमलाई ‘के भी एस समाजसेवा सम्मान’ गरिएको थियो ।


यस्तै के भी एसमा आवद्ध कर्मचारी, शिक्षक एवं अभिभावकलाई समेत विभिन्न विधा अन्तर्गत सम्मान गरिएको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं पूर्व प्रधानमन्त्री नेपालले विद्यालयले विद्यार्थी रमाउने वातावरण श्रृजना गरेकोले प्रशंसनीय काम रहेको बताएका थिए । अभिभावकहरुको माझबाट मोटिभेशनल स्पिकरको सम्मान गर्नु सम्पुर्ण अभिभावकहरुको मोटिभेशनको खातिर भएको बताएका थिए । समयको माग अनुरुपको कार्यक्रम भएकोले यसमा सबैको साथ रहनेछ । जसबाट विद्यार्थीहरुको क्षमताको प्रष्फुटन गराउँनु मद्धत पुग्नेछ । बालबालिकाहरु भनेको सफा कागजका पाना जस्तै भएकाले उनीहरुले इच्छा तथा आवश्यकता अनुरुपको सिकाई गरिनुपर्ने पूर्व प्रधानमन्त्री नेपालले बताए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गेन्द्र लामाको सभापतित्वमा सम्पन्न भएको थियो ।


सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले काठमाडौँ विनायक शिक्षालय (के भी एस) का फाउण्डर, प्रिन्सिपल सम्झना लामासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

थप तस्विरः

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार